हिमाली आवाज । पोखरा महानगरपालिकाद्धारा जानकी माध्यमिक विद्यालयमा सञ्चाललित अटिजम श्रोत कक्षालाई विरौटा वचत तथा ऋण सहकारी सस्था पोखरा १७ ले शैक्षिक सामाग्री वितरण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीको १८ औं बार्षिकोत्सवको अवसरमा मादल, मुजुरा, वासुरी, झुर्मा लगायत १५ हजार मुल्य बरावरका विभिन्न सिकाई सामाग्री हस्तान्तरण गरिएको हो ।
अटिजम श्रोत कक्षा भवनमा आयोजित एक कार्यक्रमका वीच सहकारीका अध्यक्ष टिका प्रसाद पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलालाई उक्त सामाग्री हस्तान्तरण गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष राधिका शाही योगीले सो कार्यक्रमको उद्घाटन गर्दै पछिल्लो समय जटिजम समस्या तिब्ररुपमा वृद्धि भएको उल्लेख गर्देै महानगरले पहिलो पटक जानकी माविमा अटिजम श्रोत कक्षा सञ्चालन गरेको जानकारी दिनुभयो ।
व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन कडेल, सहकारीका उपाध्यक्ष ध्रुव अधिकारी र श्रोत कक्षा इञ्चार्ज कमल आचार्यले अटिजम कक्षाको महत्व र यसले खेल्दै आएको भूमिकाका वारेमा चर्चा गर्नुभएको थियो ।
सो अवसरमा वेलायती नागरिक डा.आनाडफी र हाना स्कीलले स्पेसल एलोफेटर हेर्ने सामान सेन्सरी भिज, टयाक्टायल, मुजुरा, वाटा, जग वल लगायत २० हजार मुल्य बरावरका सामग्री उपलव्ध गारउनु भएको थियो ।
२०८२ साल भदौबाट सञ्चालनमा आएको सो कक्षामा हाल ४० जना वालवालिका तथा शिक्षक, थेरापिष्ट, सहजकर्ता, आया र सहयोगी गरि कूल ११ जना कर्मचारी कार्यरत छन् । ११४ जना अटिजम भएका वालबालिकाको आवेदन परेको छ ।
