माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा एमालेका जिसीको बागी उम्मेदवारी

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेकपा(एमाले)बाट बागी उम्मेदवारी परेको छ ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा(एमाले)बाट विक्रम गुरुङको आधिकारिक उम्मेदवारी दर्ता भएकामा एमालेकै युवा नेता एवं युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसीले गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी दर्ता गराउनुभएको हो ।

स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका जिसीले पार्टी जातिय आधारमा अघि बढेको र बर्गीय धरातल विर्सिएकाले आफूले उम्मेदवारी दिएको बताउनुभयो । संविधानअनुसार सबै जातजातिको अधिकार सुनिश्चित गरेको अवस्थामा पार्टीभित्र सो भन्दा बढी जातिय अराजकता भएकाले सोका विरुद्ध लडाँईमा उत्रिनुपरेको जिसीले बताउनुभयो ।

नेता जिसीले कम्युनिष्ट पार्टीले जातियतालाई भन्दा पनि बर्गियतालाई ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीले भन्दैमा आफ्नो उम्मेदवारी फिर्ता नहुने दावी गर्नुभयो । उहाँले भन्नुभयो,“पार्टीले भन्दैमा मेरो उम्मेदवारी फिर्ता हुँदैन । पार्टीकै बफादार सिपाही भएकाले गलत प्रवृत्ति नसच्चिएसम्म निरन्तर लडिरहने छु ।”

जिसीले २२ वर्ष अघि अनेरास्ववियूमा आवद्ध भएर काम गरेको बताउँदै त्यसयता निरन्तर पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको बताउनुभयो । गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनुभएका जिसी लाहाचोकमा वडाध्यक्षको आकाँक्षी हुनुहुन्थ्यो ।

माछापुच्छ«ेको अध्यक्षमा  जिसी सहित एमालेबाट विक्रम गुरुङ, नेपाली काँग्रेसबाट मिनबहादुर गुरुङ, राप्रपाका आशिष शाही र मंगोल नेसनल अर्गनाइजेसका डमराज मगरको उम्मेदवारी परेको छ ।

Comments
Loading...