हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं २ बाग्लुङ बसपार्क स्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको सभाले आर्थिक वर्ष ०७८÷०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पारित गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगर पालिका वडा न १८ का वडा अध्यक्ष शिब प्रसाद तिमिल्सनिाले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्नुभयो । उहाँले “सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, शहर बजारका मानिसमा महत्व कम भएको भन्दै संचालकहरुले सहकारीको उद्देश्यर सिद्धान्तमा रहेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा महानगर पालिकाका सहकारी सल्लाहकार विज्ञ दीपक प्रसाद आर्चायले कोभिड–१९ को असरबाट प्रभावित शेयर सदस्यहरुलाई उपलब्ध गराएको राहत होस वा संस्थाका सदस्यहरुलाई संस्था आफैले वितरण गरेको राहत सहयोग होस् सबै उल्लेखनिय रहेको र सामाजिक क्षेत्रमा समेत संस्थाका सञ्चालकले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयो ।
पोखरा महानगर पालिका वडा न ६ का निर्वतमान वडा अध्यक्ष तथा पहारी कुल संरक्षण समितिका सचिब जगत बहादुर पहारीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष नारायण पहारीले आर्थिक वर्ष ०७८÷०७९ को प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको माध्यमबाट गाउँको र शहरको सम्वन्ध जोड्ने र गाउँको उत्पादनलाई शहरमा ल्याइ शहरको पूँजीलाई गाउँमा लैजानुका साथै शहरमा बस्ने ब्यक्तिहरुलाई सुलभ स्वास्थ बस्तु उपभोग गर्ने बाताबरण सृृजना गरि सदस्यहरुको सुखी सम्वृद्दि बनाउने आफ्नो परिकल्पना रहेको बताउनुभयो ।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७८÷ ०७९ मा ३ करोड ६९ लाख ३ हजार शेयर पूँजी तथा ६ करोड ५८ लाख ९४ हजार ३ सय ५ रुपैया १७ पैसा बचत निक्षेप गरेको जानकारी दिनुभयो । त्यसैगरी ८ करोड ९९ लाख ३४ हजार १ सय २६ रुपैंया ३४ पैसा कर्जा लगानी रहेको सहकारीमा जम्मा १ हजार १ सय ४ जना शेयर सदस्य रहेको पहारीले बताउनुभयो ।
संस्थाका सदस्य ममता पराजुलीले सहकारीका सात सिद्धान्त वाचन गरी सुभारभ्भ गरिएको कार्यक्रममा संचालक सदस्य दिपेन्द्र राई स्वागत मन्तब्य र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रेमराज पहारी, कोषाध्यक्ष उत्तम सेवक कार्की र सचिव कृष्ण तिमिल्सिनाले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
साधारण सभाको अवसरमा असल ऋणी, असल बचत कर्ता र संस्थामा निरन्तर सेवा अवधी गरेकी उतृष्ट कर्मचारी लाई सम्मान गरेको थियो । कार्यक्रममा शेयर सदस्यह्ररुलाई सेलवेज डिपाटमेन्टल स्टोरमा समान खरिद गरेबापत १५ प्रतिशत र डाक्टर्स डेन्टल किल्लीनिकको सेवा लिएमा ४० प्रतिशत सम्म छ्टको ब्यवस्था रहेको जानकारी दिइयो ।

