हिमाली आवाज । आहा रारा गोल्डकपको सर्वाधिक च्याम्पियन क्लब मनाङ मस्र्याङदी क्लबलाई १—० गोलले स्तव्ध पार्दै पाहुना टोली अमेरिकाको बिवाइएससी क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यही पुस १४ गतेदेखी जारी प्रतियोगिताको आज सम्पन्न अन्तिम क्वाटरफाइनलको खेलमा प्रविन बस्नेतले निर्णायक गोलगरेपछि पाहुना टोलीले सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । खेलको १८ औ मिनेटमा बस्नेतले गरेको गोल निर्णायक बन्यो । हेक्टरले पछाडी ब्याक फालेको बललाई उपयोग गदै बस्नेतले डिबक्स भित्रबाट ड्रिवलिङ भएको वललाई प्रहार गरेको बलले जाली चुमेको थियो ।
दोस्रो पटक सहभागी भएको अमेरिकाको टोलीसंग ६ पटकको विजेता तथा ५ पटकको उपविजेता भएको मनाङ पराजित भएको हो । अमेरिकी टोली यस अघि २०७८ सालमा भएको संस्करणमा विभागीय टोली एपीएफसँग क्वार्टरफाइनलमा ३–१ ले पराजित भएको थियो ।
जित सगै अमेरिकाले फाईनल प्रवेशका लागि २१ गते हुने सेमिफाईनल खेलमा चर्च ब्वाईज युनाइटेडसंग प्रतिष्प्रर्धा गर्ने भएको छ ।
मनाङले पाएका केही अवसरहरु सदुपयोग गर्न नसक्दा मनाङ यसपाली पनि उपाधि जित्ने सपना अधुरै रह्यो । मनाङका सुमित श्रेष्ठ, निराजन मल्लले प्रहार गरेको वल सदुपयोग हुन सकेन ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा अन्र्तगत बुधबार पहिलो सेमिफाईनलको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र संकटा क्लब बिच प्रतिष्प्रर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

