शितल ज्योति कप:विटी, रत्न, शितलज्योती, मिलनटोल,केआइसीवुन र एलजी एकता अघिल्लो चरणमा

हिमाली आवाज ।  शितलज्योती युवा क्लब पोखरा—१२ को आयोजनामा पोखरामा जारी तेस्रो संस्करणको ‘शितलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिता अन्तर्गत सोमबार छ खेल सम्पन्न भएका छन् ।

यही फागुन २० गतेदेखी अमरसिँहचौरमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबारको पहिलो खेलमा विटी क्लबले डेभिज फ्ल्स क्लबलाई २—१ गोलले पराजित गरी अघिल्लो चरणमा स्थान बनाएको छ । विटीले खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा एक गरी दुई गोल गरेको थियो ।

संगम दर्जीले खेलको १३ औँैँ मिनेटमा गोल गरी अग्रता बनाएकामा दोस्रो हाफको २६ औँ मिनेटमा अनिल घर्तीले गोल गरी अग्रता दोब्बर बनाए । डेभिजफल्सका लागि अशोक खत्रीले ३२ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।

त्यसैगरी सोमबारकै अर्को खेलमा रत्न समाजले आदर्श युथ क्लब भण्डारढिक माथि २—० को जित निकालेको छ । रत्नका विनय तामाङले पहिलो हाफको इन्ज्यरी समयको दोस्रो मिनेट र सिमोन तामाङले खेलको ३३ औँ मिनेटमा गोल गरेका थिए ।

यसैगरी शितलज्योती ए र एनएसजेएफ गण्डकीबीचको खेलको नियमित समयमा दुबै टोलीबाट कुनै पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा शितलज्योती ३—१ गोलले विजयी हुँदै अघिल्लो चरणमा स्थान सुरक्षित गर्न सफल भयो ।

यसैगरी ढुँगेसाँघु एएसि र मिलनटोलबीचको खेलमा मिलनटोल विजयी भएको छ । पहिलो हाफको छैटौँ मिनेटमा ढुँगेसाँघुका मिलन नेपालीले गोल गरी खेलमा अग्रता बनाएकामा खेलका ३१ औँ मिनेटमा मिलनटोलका मनिक गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए । टाइब्रेकरमा मिलनटोल ३—१ गोलले विजयी भएको छ ।

बारपाक एफसी र केआइइसीबुन एफसीबीचको खेलमा केआइइसीबुन ४—० को फराकिलो अन्तरले विजयी भएको  छ । केआइसीबुनका विशालन सुनासर, मिलन गुरुङ, रोशन नेपालीले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

सोमबारको अन्तिम खेल गन्नी एफसी र एलजी एकताबीचम हुने तय भएकामा गन्नी एफसीले खेलमा सहभागिता नजनाएपछि एलजी वाकओभर पाउँदै सिधै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको प्रतियोगिताका रेफ्री सौरव गुरुङले जानकारी दिए ।

फागुन २७ सम्म चल्ने प्रतियोगितामा २९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका बिजेताले १ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ८५ हजार ५ सय ५५ रुपैयाको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक सन्तोष गुरुङले जानकारी दिए ।

यसैगरी प्रतियोगितामा सेमिफाइनलमा प्रबेश गर्ने टिमले १० हजार पुरस्कार पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजारको साथमा ट्रफी पुरस्कार पाउनेछन् ।

Comments
Loading...