आत्महत्या रोकथामका लागि कोशिसले तयार गर्यो आचारसंहिता :पत्रकार महासंघलाई हस्तान्तरण

हिमाली आवाज । आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता बनेको छ । कोशिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता–२०८०’ तयार गरेर शुक्रबार नेपाल पत्रकार महासंघ कास्की शाखालाई हस्तान्तण गरेको हो ।
विभिन्न चरणमा छलफलपछि तयार भएको आचारसंहिता कोशिसका परियोजना संयोजक सुदीप घिमिरेले नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीलाई हन्तान्तरण गर्नुभएको हो ।
आचार संहिता तयार गर्न कोशिशसँग वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले कानुनी सहजीकरण गर्नुभएको थियो । सबै काम सकेर कार्यान्वयनका लागि पत्रकार महासंघ कास्की शाखालाई बुझाइएको कोशिशका परियोजना संयोजक घिमिरेले बताउनुभयो ।
सन् २०२१ म कास्कीमा आत्महत्या दर बढि देखिएपछि कोशिशले कास्कीलाई कार्यक्षेत्र बनाएर काम गरेको थियो । सोही समयमा सञ्चार माध्यममा प्रकाशन÷प्रशारण हुने समाचार कारण आत्महत्या गर्नेहरुलाई प्रशय पाएको भेटिएपछि पत्रकार आचारसंहिता आवश्यक ठानी संहिता निर्माण प्रक्रिया सुरु गरिएको बताउनुभयो ।
आचारसंहितामा आत्महत्याका समाचार सनसनीपूर्ण नबनाउने, सूचनाहरुलाई प्रमुख स्थान नदिने र बारम्बार नहो¥याउने, सूचनाको विस्तृत विवरण नदिने वा नखुलाउने, फोटो, भिडियोको प्रकाशन र प्रसारणमा ध्यान दिने, विशेष व्याक्ति वा सेलीब्रेटीको आत्महत्या रिपोर्टिङमा विशेष ध्यान दिने, गोपनियताहक को सम्मान र विश्वसनीय जानकारी जा स्रोत नखुलाउने जस्ता विषय समेटिएका छन् । यो कार्यान्वयनमा गएपछि आत्महत्या दर घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
आचारसंहिता ग्रहणपछि पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीले आचार संहितापुनः एकपटक पढेपछि कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभयो । कास्कीसँगै केन्द्रलाई पनि पालनाका लागि आग्रह गर्ने उहाँको भनाई छ ।

Comments
Loading...