हिमाली आवाज । पोखराको नयाँबजारमा रोयल इन्फिल्डको नयाँ शोरुम सञ्चालनमा आएको छ। गण्डकी प्रदेशमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यसहित रोयल इन्फिल्डले नयाँबजारमा अत्याधुनिक शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।
१ हजार ३०० वर्गफिट क्षेत्रफलमा फैलिएको शोरुममा रोयल इन्फिल्डका मोटरसाइकलको अवलोकन तथा अनुभवका लागि विशेष व्यवस्था गरिएको छ। शोरुमसँगै ३ हजार ५०० वर्गफिट क्षेत्रफलमा सर्भिस सेन्टरसमेत सञ्चालनमा ल्याइएको छ। यसबाट पोखरा तथा आसपासका क्षेत्रका ग्राहकलाई नियमित मर्मतसम्भार, प्राविधिक तथा बिक्रीपछिको सेवा सहज र व्यवस्थित रूपमा उपलब्ध हुने जनाइएको छ।
नयाँ शोरुमको नेतृत्व शिशिर सुबेदी र प्रमेश पराजुलीले गर्नुभएकाे छ । उहाँहरु पाेखरामा अटोमोबाइल व्यवसायमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहनुका साथै आतिथ्य तथा हस्पिटालिटी व्यवसायमा समेत स्थापित हुनुहुन्छ । स्थानीय बजारको अनुभव र व्यावसायिक पृष्ठभूमिले रोयल इन्फिल्डको ग्राहक सेवामा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।


