हिमाली आवाज । पोखरामा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी सहकारी संस्था ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । प्रहरीले बुधबार पराजुलीलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा पराजुलीले १ करोड ५ लाख मागेको आरोप छ । मित्रमिलन सहकारी ठगी प्रकरणमा अहिले सम्म ६ जनालाई प्रहरीले नियन्त्रणमा एिर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।