हिमाली आवाज । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा यही फागुन ९ गतेदेखि २२ गतेसम्म हुने ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा राखिने स्वर्णमय धान्य श्रीस्तम्भ(मौलो) र महायज्ञको महासङ्कल्पका लागि देशका विभिन्न तीर्थहरूबाट जल संकलन गर्ने उद्देश्यसहित सुुरु मौलो सहितको कलशयात्रा पोखरा आइपुुगेको छ ।
माघ ७ गते पञ्चकोटबाट सुरु गरिएको राष्ट्रव्यापी यात्रा देशका प्रमुख शहर एवम् तीर्थस्थलमा पुुगी त्यहाँको नगरपरिक्रमा एवम् तीर्थ जल संकलन गरी पुनः महायज्ञस्थलमा फर्कने कार्यक्रम रहेको महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुुभयो ।
सोमबार पोखरा आइपुुगेको कलशयात्रालाई विन्ध्यवासिनी मन्दिर लगायतका विभिन्न स्थानमा भव्य स्वागत गरिएको र पोखराबाट तनहुँ व्यास क्षेत्रहुँदै जाने कार्यक्रम तय गरिएको उहाँले बताउनुुभयो ।
धार्मिक रुपले पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी काली गण्डकी किनारका साथै अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा गर्न महायज्ञ गर्न लागिएको हो ।
पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर गर्न लागिएको महायज्ञले वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुर्याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न, नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।
जलसम्पदा संरक्षणको सन्देश विश्वव्यापीरुपमा दिनका लागि जल संरक्षणको प्रतिकस्वरुप पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिने र यस यज्ञबाट बाँकी रहेको रकम पञ्चकोटको सर्वाङ्गीण विकासमा प्रयोग गरिने लक्ष्य राखिएको छ ।