हिमाली आवाज । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले प्राकृतिक श्रोत वन क्षेत्रलाई समृद्धिसंग जोड्नु पर्ने बताउनु भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशको दोश्रो परिषदको आज पोखरामा उद्घाटन गर्दै उहाँले प्रदेश सरकार वन पैदावार उपयोग नीति सर्वसुलव बनाउन प्रतिवद्ध रहेको बताउनुभयो ।
सरकारले दिगो वन व्यवस्थापन निर्देशिका तयार गरि रहेको जानकारी दिंदै उहाँले भन्नुभयो, यसले सम्पन्न वन भएका समुहसंग कर लिएर आर्थिक अवस्था कमजोर भएका वन समुहलाई सहयोग गर्ने नीति रहेको छ त्यसका लागि सवैको साथ र सहयोग अपरिहार्य छ ।
सामुदायिक वन समुहले संरक्षण र प्रवद्र्धनमा गरेको योगदानको उच्च कदर गर्दै उहाँले वनलाई रोजगारी र आयआर्जनसंग जोड्नका लागि आवश्यक जडिवुटी प्रशोधन केन्द्र, फर्निचर, प्लाई लगायतका विभिन्न उद्योग सञ्चालन गरेर विदेशी काठ तथा काठजन्य सामाग्री आयातलाई विस्थापित गर्नु पर्नेमा आवश्यक औल्याउनुभयो ।
मानव वन्यजन्तु द्धन्द पिडीतलाई एक करोड ७० लाख बरावरको क्षेतिपूर्ति वितरण गरेर जनतामा आशा जगाउन सफल भएको वताउँदै आवश्यक डकुमेण्ट पुरा भएका पिडीतलाई राहत उपलव्ध गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले उपभोक्ताले रगत पसिना खर्चेर संरक्षण गरेको वन उपयोगमा सरकारले सर्वसुलभ गर्नेतर्पm ध्यान नदिदा वन संरक्षणमा समेत चुनौति थपिदै गएको बताउनुभयो ।

मुलुकमा वन क्षेत्रको विस्तार हुँदै जाँदा बन्यजन्तुको संख्यामा समेत वृद्धि हुँदा वन्यजन्तु वस्तिमा पसेर मानव तथा कृषि उत्पादनमा ठूलो नोक्सानी गर्दै आएको बताउँदै उहाँले भन्नुभयो वन्यजन्तु घटाउन तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
समृद्धिको बाधकको रुपमा देखिएको जङ्गली जनावरको व्यवस्थापन गर्नुपर्नेमा जोड दिंदै उहाँले बाघ प्रजनन केन्द्र खोलेर उत्पादन भएका बाध विश्व बजारमा विक्री गर्न सके अरवौ रुपैया आम्दानी गर्न सकिने बताउनुभयो ।
सरकारले वन समुहका कार्ययोजना नविकरण गर्नेतर्पm ध्यान दिनुपर्नेमा आवश्यकता औल्याउँदै उहाँले भन्नुभयो, सामुदायिक वनमा कर शुन्य वनाउन सरकार समक्ष माग गर्नुभयो ।
सामुदायिक वन क्षेत्रमा निर्माण हुने हाईड्रोपावर, केवुलकारको कारण चटपट, पानी, चिया पसल गरेर जिविकोपार्जन गर्दै आएका साना व्यापारिलाई विस्तापित हुनु परेको बताउँदै उहाँले त्यस्ता योजनाले स्थानीयवासिन्दालाई रोजगारी र शेयर दिनुपर्नेमा जोड दिनुभयो ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ स्थायी सदस्य सरिता कुमाल, नरवहादुर गुरुङ्ग,दोव बहादुर कार्की, केन्द्रिय सदस्य हरि बास्तोला, खुमप्रसाद सुवेदी, सिता खड्का, गैसस महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्का, निजी तथा पारिवारिक वन प्रदेश अध्यक्ष सन्तु सुवेदी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनिता श्रेष्ठ लगायतले वनको महत्व र उपभोक्ताले पु¥याउँदै आएको योगदानका बारेमा प्रकाश पार्नुभएको थियो ।
महासचिव आसु विश्वकर्माले पेश गर्नुभएको सांगठानिक र कोषाध्यक्ष लिला दवाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको परिषदमा उपाध्यक्षद्धय खगराज सापकोटा र किशोर सापकोटाले प्रदेशले गरेका गतिविधिबारेमा जानकारी गराउँनुभएको थियो ।