हिमाली आवाज ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन पोखराको अमरसिंहचोक नजिकै रहेको होटल टास्क इन्टरनेशनलले सहयोग गर्ने भएको छ ।
भोली वैशाख २६ गते शुक्रबार पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न होटल टास्कले मञ्चको होटल पार्टनरको रुपमा सहयोग गर्ने जनाएको छ । होटल टास्कका सञ्चालक मिन गुरुङ र मञ्चका अध्यक्ष एमबि आस्था मगर, महासचिव परशुराम शर्मा, कोषाध्यक्ष विमल तिवारी, सदस्यद्वय प्रविन मगर र गिता रानालगाएतको टिमबिच समझदारी पत्र आदानप्रदान गरिएको छ ।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ ।
मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्नेछ भने त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दै आइरहेको छ । यस पटकको अवार्ड कार्यक्रममा गायिका समिक्षा अधिकारीको विशेष प्रस्तुती समेत रहने मञ्चले जनाएको छ ।