पोखरामा आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम

हिमाली आवाज । वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र साइकडेष्क फाउन्डेशनको आयोजना एवम् पोखरा महानरपालिकाको संयोजनमा पोखरामा दुुई दिने आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम दिइएको छ ।तालिममा विभिन्न सरोकारवाला क्षेत्र र निकायका ३५ जना प्रशिक्षार्थी सहभागी रहनुुभएको थियो ।

तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्रा.राजेशकुमार ठगुराठीले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गर्नुुभयो ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतिराज तिमल्सिनाले आत्महत्या समाजमा गम्भीर समस्याका रुपमा देखा परेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि सम्बद्ध सबैको सामुहिक प्रयास आवश्यक हुने बताउनुुभयो ।

वल्र्डलिङ्क कम्युनेशन्स लिमिटेडका संस्थापक शेयर होल्डर एवम् सिएसआर(कर्पोरेट सामाजिक उत्तरदायित्व) प्रमुख अनुपा भण्डारी जलानले वल्र्डलिङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका कार्यक्रमहरूलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको जानकारी गराउनुुभयो ।
तालिमका प्रशिक्षक एवम् साइकडेष्क फाउन्डेशनका संथापक डा.नरेन्द्रसिंह ठगुन्नाले आत्महत्या रोकथाम सहजिकरण सम्बन्धी तालिम यस अघि धनगढी र विराटनगरमा गरिसकिएको बताउनुुभयो ।
पद्मकन्या क्याम्पस मनोविज्ञान विभागमा प्राध्यापनरत उहाँले नेपालमा आत्महत्याका घटनाहरू बढ्दै गएका अवस्थामा यसको रोकथाम तथा नियन्त्रण अपरिहार्य भएको बताउनुुभयो । अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा नेपालमा सात हजार २२३ जनाले आत्महत्या गरेको तथ्यांक रहेको उहाँले जानकारी दिनुुभयो ।
ठगुन्नाका अनुसार आत्महत्या रोकथामका लागि साइडवाकटक कम्युनिटी लिसनिङ प्रोजेक्ट भोलिदेखि पोखरामा सुरु गरिने भएको छ । भालिदेखि सुरुमा दुई दिन महानगरका विभिन्न सार्वजनिक ठाउँमा १० जना लेकसिटी कलेजका सामाजिक अध्ययन विषयका विद्यार्थीले स्वयंसेवकका रुपमा साइडवाकटक लिसिनङ कार्यक्रम सञ्चालन गर्नेछन् ।

उनीहरूले आगामी चार महिनासम्म उक्त कार्यक्रम दुई हजार जनासम्म पु¥याउने जानकारी दिदै उहाँले वल्र्डलिंककै सहकार्यमा यस अघि यो कार्यक्रम धनगढी, विराटनगर र काठमाडौंमा उपत्यकामा सञ्चालन गरिएको बताउनुुभयो ।

Comments
Loading...