हिमाली आवाज । पोखराका पर्यटन व्यवसायीले तनहुको बन्दिपुर गाउँपालीकासंग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने वारे छलफल गरेका छन् ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको नेतृत्वमा गएको पर्यटन व्यवसायी हरुको टोलीले बन्दीपुर गाउँपालिकाद्धारा आयोजित अन्तिरक्रिया कार्यक्रममा सहभागी भएका थिए ।
पयर्टन ब्यवसायी तथा स्थानीय सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा पोखरा भ्रमण वर्ष सन् २०२५ र बन्दीपुर भ्रमण वर्ष सन् २०२५ का वारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै बन्दीपुर गाउपालिका प्रमुख सुरेन्द्रबहादुर थापाले पहाडकी रानी बन्दिपुरमा आन्तरिक र बाह््य पर्यटकका लागि भ्रमणका लागि अनुरोध गर्नुभयाे । बन्दीपुरलाइ एग्रो टुरिजमको विकास गर्नका लागि भ्रमण वर्ष मनाउन लागिएको थापाले बताउनुभयाे । भ्रमण वर्षमा ५ लाख पर्यटक भित्राउने लक्ष्य रहेको सुनाउनुभयाे ।
नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा आउने पर्यटक पहाडको सुन्दरता हेर्न बन्दीपुर पनि जान सक्ने बताउनुभयाे ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालको पर्यटकीय राजधानी आउने पर्यटक आदानप्रदान गर्नका लागि आफुहरु लागेको जानकारी दिनुभयाे ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाका जनप्रतिनिध, भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङ, सहसंयोजक, बन्दीपुर होटल संघ रेवान बन्दीपुरका प्रतिनिधि लगायतले बन्दिपुर भ्रमण वर्षका बारेमा भनाइ राख्नुभयाे ।