कालीगण्डकीले बगाएर कास्कीका भुजेल बेपत्ता

हिमाली आवाज । पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदीले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्यान चौतारीका ५६ वर्षीय बमबहादुर भुजेल बेपत्ता हुनुभएको हो ।

आफन्तको चौरासी पूजाको फूलपाती कालीगण्डकीमा बगाउन जानु भएका भुजेललाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

नदीले बगाएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले खोजीकार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।

Comments
Loading...