पत्रकार पाठक र अधिकारीलाई गजेन्द्र भण्डारी सिर्जनशील पुरस्कार

हिमाली आवाज । गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार स्व भण्डारीको ७२ औँ जन्मजयन्ती पारेर पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा प्रदेश प्रमुख डिल्लीराज भट्टले दुबै जनालाई जनही रु २५ हजार र सम्मानपत्र प्रदान गर्नुभयो ।

समारोहमा प्रदेश प्रमुख भट्टले नेपालमा लोकतन्त्र र गणत्रन्त्र स्थापनामा पत्रकारिताले अविस्मरणीय भूमिका खेलेको बताउनुभयो ।
प्रेस स्वतन्त्रता सेनानी एवम महासंघ कास्कीका पुर्व अध्यक्ष माधव शर्माले सृजनशिलता संगै पत्रकार निर्भिक हुनु पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले राज्यले पत्रकारितालाई चौथौ अंगको रुपमा परिभाषा गरे पनि आमसंचार क्षेत्र र पत्रकार हकहितका लागि यथोचित बजेट छुट्याउने नगरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले सम्मानित व्यक्तित्वको परिचय सहित शुभकामना दिनुभयो । सम्मानित केशव पाठक र दुर्गा अधिकारीले सम्मानले पत्रकारिता क्षेत्रमा थप क्रियाशिल हुने उर्जा मिलेको बताउदै आभार प्रकट गर्नुभयो ।

महासंघ कास्की अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न उक्र कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन सचिव भूपाल गुरूङले गर्नुभएको थियो ।

Comments
Loading...