हिमाली आवाज । कास्की विलियड्र्स स्नूकर तथा पुल संघको आयोजनामा कास्की जिल्ला आठौं खुल्ला स्नूकर प्रतियोगिता–२०८२ हुने भएको छ । यही जेठ १५ देखि ३० गतेसम्म प्रतियोगिता संचालन गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा संका अध्यक्ष सागर कुमार साईले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिकाका प्रतियोगिता संघमा आबद्ध क्लबहरुका वीचमा हुनेछ र संघमा आवद्ध क्लबहरुबाट मात्र खेलाडीहरुलाई सहभागी गराइने महासचिव सविन जिसीले हिमाली आवाजलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुनेले रु. ८० हजार नगद, शिल्ड र प्रमाण–पत्र, द्वितीय पुरस्कार रु. ४० हजार, शिल्ड र प्रमाण–पत्र, तृतीय हुेलाई रु. १५ हजार नगद, शिल्ड र प्रमाण–पत्र प्राप्त गर्नेछन् । यसैगरी हाइएष्ट ब्रेकरलाई ५ हजार, शिल्ड र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालन गर्न अनुमानित रु. ३ लाख ५४ हजार खर्च लाग्ने लाग्ने र ४४ हजार बचत हुने अपेक्षा आयोजकको छ । बचत रकम विभिन्न सामाजिक सेवा मुलक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ । आशिक रकम खेलाडिको विकास कोषमा अगाडी हुने राष्ट्रिय स्तरको प्रतियोगिताका लागि खर्च खरिने बताइएको छ ।

उद्घाटन खेल दिपलव स्नुकर क्लबमा हुनेछ आयोजकले जनाएको छ । विलियार्ड स्नुकरलाई व्यावसायिक रुपमा स्थापित गर्न यो खेलको आयोजना गरिएको हो अध्यक्ष सागर कुमारले बताउनुभयो ।
१५ औं शताब्दीबाट शुरु यस खेलको आफ्नै महत्व रहेको छ । यस खेलबाट समाजमा भाइचारा सम्बन्ध, नैतिकता र अनुशासनमा थप विकास हुनेछ भन्ने आयोजकले विश्वास आयोजकले लिएको छ । यस खेलमा सहभागी हुन कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघले आवद्ध क्लबहरुबाट मात्र फर्म भर्न पाइनेछ भने दर्ता शुल्क २ हजार तोकिएको जनाइएको छ ।