हिमाली आवाज । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मृत्यु भएका एक्साभेटर चालक ३२ वर्षीय खेमराज कुमालको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ ।

मृतकलाई रु २४ लाख ३० हजार क्षतिपूर्ति दिने समझदारी भएको अपरेटर संघ कास्कीका अध्यक्ष किशोरप्रसाद गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार यही जेठ १३ गते निर्माणाधीन दरखोला जलविद्युत आयोजना को मोटर बाटो खन्ने क्रममा ढुङ्गा माटो सहितको सुख्खा पहिरो आइ चालक कुमालको घटनास्थलमा ज्यान गएको थियो ।
समाजवादी ट्रेड युनियन महासङ्घ नेपाल गण्डकी प्रदेश सुशील वाग्ले तथा नेपाल हेभी इक्युप्मेन्ट अपरेटर संघ गण्डकी प्रदेश प्रेम थापा अपरेटर संघ कास्की ,अपरेट संघ म्यादी , अपरेटर संघ स्याङ्जा को उपस्थितिमा दरखोला हाइड्रोपावर साथै रोजिना एन्ड रोशन कन्ट्रक्सन र मृतकका परिवारबीच सो सहमति भएको हो । यसैगरी विमा बाहेकको सबै रकम आजैको मितिमा हस्तान्तरण अपरेटर संघ गण्डकी प्रदेशका महासचिव एवं अपरेटर संघ म्याग्दीका अध्यक्ष देवेन्द्र चोखालले जानकारी दिनुभयो ।