हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं २५ स्थित मर्दी खोलाको ड्याममा आज दिउसो पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
पौडी खेल्न गएका माछापुच्छ«े गाउँपालिका–६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

साथीहरुका साथमा पौडी खेल्ने क्रममा दिउसो २ बजेको समयमा दुई जना एक्कासी डुबेर बेपत्ता भएको सूचनापछि सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट गएको गोताखोर सहितको उद्धार टोलीले उद्धार गरेको थियो ।
मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।