हिमाली आवाज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन(लिजा)को नतिजामा कास्कीको रुपा गाउँपालिका जिल्लामा उत्कृष्ट बनेको छ ।
कास्कीका पाँच पालिका मध्येमा आव २०८१।०८२ मा रुपा गाउँपालिका ८७ अंक सहित जिल्लामा पहिलो बनेको हो । विभिन्न १० विधामा भएको परीक्षणका आधारमा स्थानीय तहहरूको स्वमूल्यांकनको कुल अंक निर्धारण हुने गर्दछ।
यसैगरी अन्नपूर्ण गाउँपालिका ८६ दशमलव २५ अंक सहित द्धितीय स्थानमा रहन सफल भयो । पोखरा महानगरपालिकाले ८३ दशमलव ५० अंक प्राप्त गर्दा माछापुच्छ्रे गाउँपालिकाले ८३ अंक पाएको छ । मादी गाउँपालिका भने पुछारमा रहेको छ । मादीले ८१ दशमलव ७५ अंक पाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमूल्यांकन प्रणालीको अभिलेख अनुसार संगठन तथा प्रशासन, वाषिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य एवं समन्वय विधामा पालिकाहरुको मुल्यांकन गर्ने गर्दछ ।