हिमाली आवाज । साइकल सिटी पोखराको १३ औँ वार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ । साधारणसभाका अवसरमा आयोजित पहिलो संस्करणको मेम्वर साइक्लिङ प्रतियोगिता आयोजना गरिएको थियो । १९ किमीको विभिन्न तीन विधामा प्रतिस्र्धा भएको थियो ।
प्रतियोगिताको ५० वर्ष सम्मकाे विधाकाे प्रतिस्पर्धामा डा निरज रञ्चित पहिलो हुँदा रविचन्द्र होना द्धितीय र पुरुशोत्तम कार्की तृतीय हुनुभयो ।

यसैगरी ५० देखी ६० वर्ष उमेर समूहमा नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष समेत रहनुभएका लिलकाजी गुरुङ प्रथम, रनबहादुर कार्की(कान्छा दाई) द्धितीय र जितेन्द्रमान शाक्य तृतीय हुन सफल हुनुभयो ।
यसैगरी ६० वर्ष माथिको उमेर समूहको प्रतिस्र्धामा चिजकाजी गुरुङ प्रथम हुँदा दुर्गाबहादुर गुरुङ (प्रधान) र भोजकुमार श्रेष्ठ तृतीय हुनुभयो । उपाधि विजेताहरुलाई प्रमाणपत्र र मायाकाे चिनाे पुरस्कार प्रदान गरिएको थियो । पोखरा लेकसाइडस्थित हल्लनचोकको क्याम्पिङचोकदेखी सुरु भएको साइकल दौड विभिन्न स्थानको परिक्रमा गर्दै पामेमा पुगेर समापन गरिएको थियो ।
साइकल सिटी पोखराले स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल चढौँ र वातावरण संरक्षण गरौँ भन्ने अभियानका साथ विभिन्न कार्यक्रमहरु गर्दै आएको संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले हिमाली आवाजलाई जानकारी दिनुभयो । साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिँह लालचनले गर्नुभएको थियो ।


