टाइगर कप भलिबल:न्यू डायमण्ड र पुलिस फाइनलमा

हिमाली आवाज । पोखरामा जारी छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप भलिबल प्रतियोगिताको फाइनलमा न्यू डायमण्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

महिलातर्फ न्यू डायमण्ड क्लबले आज थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी आजको दोस्रो खेलमा न्यू डायमण्डले थाइल्याण्डलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यू डायमण्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । न्यू डायमण्ड अपराजित रहँदै यसअघिनै फाइनलमा पुगिसकेको छ ।
थाइल्याण्ड पराजित भएसँगै चार खेलबाट सात अङ्क जोडेको पुलिस फाइनलमा प्रवेश गरेको हो । थाइल्याण्डले चार खेलबाट ६ अंक प्राप्त ग¥यो । अब महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र नेपाल पुलिस क्लब भिड्नेछन् ।
तेस्रो स्थानका लागि थाइल्याण्ड क्विन्स र सशस्त्र प्रहरी बल एपीएफबिच प्रतिष्पर्धा हुनेछ । तेस्रो स्थानका लागि बिहीबार र फाइनल खेल माघ १७ गते हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । ‘सिंगल राउण्ड रोविन’को आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
प्रतियोगितामा महिला तथा पुरुष च्याम्पियन हुने टोलीले समान नगद रु छ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् ।
उपविजेताले नगद रु तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ प्राप्त गर्ने आयोजक टाइगर ग्रुपका सचिव डिवी नेपालीले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु २६ हजार ६६६ प्राप्त गर्दा अन्य विधागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Comments
Loading...