पाेखराका युवा पत्रकार धन र  सागरलाई टंकादेवी–तुलसीप्रसाद  पुरस्कार

हिमाली आवाज । पोखराका युवा पत्रकार  धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार अर्पण गरिएको छ ।नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना पुरस्कृत हुनुभयाे । 

गण्डकी विश्व बिद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले पुरस्कार प्रदान गनुभयाे ।  कार्यक्रममा बोल्दै उहाँले पुरस्कार राषि र आर्थिक दृष्टिले थोरै भए पनि पुरस्कारको गरिमा र यसले सामाजिक रुपमा पार्ने प्रभाव धेरै महत्वपूर्ण हुने बताउनुभयाे ।  पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुरस्कार दाता सुवर्ण कोइराला, पुरस्कृत प्रतिभा बस्नेत र तिमिल्सिना, महासंघ कास्कीका सचिव भूपाल गुरुङ, प्रुेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बराल लगायतले पुरस्कारको बारेमा चर्चा गर्नुभयाे ।

नारायण कार्की संयोजक रहेको प्रतिक्षा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । समितिका सदस्यमा राजेन्द्र अधिकारी, मोतिसागर अधिकारी, माधवप्रसाद बराल र भूपाल गुरुङ रहनुभएकाे थियाे । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार १११ रहेको छ । 

Comments
Loading...