हिमाली आवाज । प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ अन्तरगत पोखरा–८ सिमलचौरमा आइतबार चुनाव प्रचार प्रसार समितिको मम्पर्क कार्यालय स्थापना गरिएको छ ।
उक्त सम्पर्क कार्यालय नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र कास्की निर्वाचन क्षेत्र नं २ नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका माधव प्रसाद बाँस्तोलाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यालयको उद्घाटन गर्दै शर्माले विशेष महाधिवेशनपछि नेपाली काँग्रेसमा कुनै गुट नरहेको बताउनुभयो । एक भएको काँग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाली काँग्रेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बाँस्तोला “मधु” ले नेपाली काँग्रेसले जेन्जीका मागलाई समेटेर अगाडि वढ्ने वताउँदै काँग्रेसले विशेष महाधिवेशनबाट पार्टी सभापति युवालाई नै सुम्पिएको बताउनुभयो ।
आफ्नो विचारमा स्पष्ट रहेको नेपाली काँग्रेस संविधान संशोधन मार्फत संविधानका त्रुटी कमजोरी सच्याएर अगाडि वढ्ने प्रतिवद्धता मतदाता माझ व्यक्त गर्नुभयो । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सभापति केशर निर्दोसीले सुधारिएर आएको काँग्रेसलाई नेपाली जनताले विश्वास गर्ने दावी गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ८ का एकाई समापति रमेश बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सचिव देवकृष्ण पराजुलीले कार्यक्रम संचालन गर्नुभयो ।


