हिमाली आवाज । कसैलाई बाँदरले उठिबास लगाएको चिन्ता छ भने कोही बाटो कालोपत्र नभएको गुनासो गर्छन् । केही मतदाता देशमा रोजगारी र सुशासन नहुँदा अहिलेको अवस्था आएको गुनासो गर्छन् । सर्वसाधारणका यस्तै गुनासा सुन्दै नेकपा कास्कीका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
नेता, कार्यकर्ता चुनावका बेलामात्र गाउँघरमा देखिने गरेको पनि स्थानीयको गुनासो छ । मंगलबार मादीको मुंग्री बेंसीबाट गोर्जे, रवेडाँडा हुँदै गहतेको घरदैलोमा नेकपा कास्की १ का उम्मेदवार राजकाजी गुरुङ (करण) सहभागी बन्नुभयो । उहाँले संघमा साविक माओवादी केन्द्र नेतृत्वको सरकार हुँदा थुप्रै योजनामा बजेट राखेको स्मरण गर्दै यसपालि आफू र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्नुभयो ।
‘कास्की १ मा २०६४ र २०६५ मा जस्तै यहाहरुको मत हामीलाई आवश्यक छ,’ उहाँले भन्नुभयो,‘व्यवस्था हामीले फेरेका हौँ, हामी पुरानामध्ये नयाँ हौ, नयाँमध्ये पुराना हौँ । नेकपाकै नेतृत्वमा मात्र देशको समृद्धि सम्भव छ ।’ जनताको सरोकारका पूर्वाधार र रोजीरोटीका एजेन्डा उठाएर सधैं जनताकै साथमा रहने वाचा गर्नुभयो । ‘जित्ने नै हो, जनताको हामीलाई साथ छ । हारे पनि जनताका एजेन्डा पूरा गर्न लाग्छौं ।’गुरुङले भन्नुभयो ।
कास्की २ का उम्मेदवार थापा : हारे पनि जिते पनि देशको सेवा गर्छु
कास्की २ का उम्मेदवार किरण थापा (आमोद) मंगलबार पोखरा २१ मा घरदैलो गर्नुभयो । पोखरा–२१ बयलीका नेकपाका प्रदेश सदस्य स्व.तुलसी पोखरेलको घरमा पुगेर उनीप्रति श्रद्दाञ्जली अर्पण तथा परिवारमा समवेदना व्यक्त गर्दै घरदैलो शुरु गर्नुभएका उहाँले बक्रेक शाही भञ्ज्याङसम्म घरदैलो गर्नुभयो । सो क्रममा स्थानियले नेकपाले ईमान्दार नेतालाई उम्मेदवार बनाएको भन्दै यस पटक जिताउने वाचा गरेका थिए । उम्मेदवार थापा बौद्दिक, ईमान्दारमात्र नभई भिजन र मिसन भएको नेता भएकाले प्रत्यक्षमा एक भोट हाल्ने उनीहरुको वचन थियो ।
जवाफमा उम्मेदवार थापाले स्थानियले दिएको माया र भोट आफूले जिन्दगीभरी गुनको रुपमा सम्झिरहने बताउनुभयो । ‘जिते पनि हारे पनि म यस क्षेत्रको विकास र समृद्दिका लागि सदैव लाग्ने वाचा गर्दछु थापाले भन्नुभयो,‘म हिजो पनि तपाईंहरुको साथमा थिएँ, आज पनि छु र भोलि पनि रहन्छु । म तपाईंहरुको सुख दुःखमा सदैव साथमा रहने वाचा गर्दछु ।’ सो अवसरमा उहाँले यस क्षेत्रको विकासको खाका आफूसँग रहेको बताउनुभयो ।
व्यावसायिक फलफूलखेतीसहित पर्यटनका योजना सुनाउँदै थापाले जसको एजेन्डामा देशअघि बढेको छ, उसैको नेतृत्व हुनुपर्नेमा जोड दिनुभयो ।
कास्की ३ का उम्मेदवार गोपाल गिरी : बादरको बिकल्पका कृषि उत्पादनमा जोड
कास्की क्षेत्र नम्बर ३ मा मंगलबार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गोपाल गिरी र समानुपातिक उम्मेदवार कृष्ण नेपाली सहित अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ को सम्पर्क कार्यालय स्थापनासँगै घरदैलो कार्यक्रममा व्यस्त हुनुभयो । उम्मेदवार गिरीले आफूले स्थानीयका समस्या राम्ररी बुझेको र त्यसको समाधानको खाकासमेत भएको जनतालाई सुनाउनुभयो ।
उहाँले भन्नुभयो,‘बाँदर नियन्त्रण गर्न पनि तपाईहरुकै सुझावअनुसार अघि बढ्न हामीले यसको दिगो व्याबस्थापन सहित बादरको विकल्पका कृषि बालीको समेत खोजि गर्ने अभियानमा लाग्ने छौं । सोहि अनुसारको नीति निर्माण गर्न हाम्रो पहल हुनेछ ।” शिक्षा, स्वास्थ्य, रोजगारको अधिकार प्रत्याभूति गर्न पनि संघिय सांसदमा आफुहरु जस्ता व्यक्तिलाई जनताको अमुल्य मतले बिजयी गराउने गिरीले विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी घर देलो कार्यक्रम अन्र्तगत पोखरा १९ को पुरुञ्चौर क्षेत्रमा समेत टोली पुगेर स्थानियको जनगुनासो सुन्दै घरदैलो कार्यक्रम आयोजन गरिएको नेकपाका नेता कृष्ण गिरीले बताउनुभयो । घर दैलो कार्यक्रममा हिड्दा जनतामा देखिएको उत्साहले आफुहरु समेत निकै उत्साहित भएको बताइन्छ ।
त्यसै गरी कास्की क्षेत्र नम्बर ३ को चुनावी प्रचार प्रसार अभियान अन्र्तगत घरदैलो कार्यक्रम बुधबार) पोखरा २२ (पुम्दी भुम्दी) मा हुने भएको छ भने वडाको सम्पर्क कार्यालय समेत स्थापना हुने भएको निर्वाचन परिचालन समितिले जनाएको छ ।


