ज्ञानमार्ग टोल विकास संस्थाको अध्यक्षमा मीनु कोईराला

हिमाली आवाज । पोखराको गैह्रापाटनस्थित ज्ञानमार्ग टोल विकास संस्थाको अध्यक्षमा मीनु कोईराला चयन हुनुभएको छ । संस्थाको १३ औं साधारण सभा तथा सातौं अधिवेशनले कोईरालालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको निवर्तमान अध्यक्षमा रामचन्द्र घिमिरे, उपाध्यक्षमा सूर्यप्रसाद तिमिल्सिना, सचिवमा ईन्दिरा कोईराला र कोषाध्यक्षमा पुजनकुमार श्रेष्ठ चयन हुनुभयो । यसैगरी सदस्यहरुमा सन्देश श्रेष्ठ, दुर्गा खेड्का, कृष्ण प्रजापती थापा, कोपिला पण्डित र जय गोपाली सर्वसम्मत चयन भएको निर्वाचन समितिका शंकरनाथ कोईराला र नारायणकुमार श्रेष्ठले घोषणा गर्नुभएको थियो ।

यसअघि प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर–४ का वडा सदस्य तथा ज्ञानमार्ग टोल विकास संस्थाका पूर्व अध्यक्ष प्रकाश कोईरालाले कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसमा बोल्दै कोइरालाले ज्ञानमार्ग टोललाई चाँडै नाङ्गो तारमुक्त टोल बनाउने घोषणा गर्नुभयो ।

कार्यक्रमका अवसरमा गण्डकी विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त हुनुभएकामा डा कृष्णराज अधिकारी, गण्डकी मिस एसइईमा थर्ड रनर अफ बन्न सफल सिमरन खड्का र गैरापाटन नेवा समाज कास्की जिल्लास्तरीय तायमचा नृत्य प्रतियोगितामा प्रथम हुन सफल भएकामा सम्मानित गरिएको थियो ।

Comments
Loading...