उमेरले छेकेन चुनाव प्रचारलाई :प्यासी एमाले उम्मेदवारलाई मत माग्दै घरदैलोमा

हिमाली आवाज ।   फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी कास्कीमा दिनदिनै बढ्दो छ । घरदैलो अभियानले तिब्रता पाउँदै गर्दा उम्मेदवारसंगै मत माग्दै हिडँने नेता कार्यकर्ताको भीड देखिन्छ । तर यस पटकको दृष्यमा एउटा विशेष उपस्थितिले सवैको ध्यान खिचिरहेको छ त्योहो ७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासीको निरन्तर सहभागिता ।
  नेकपा एमालेका तर्पmवाट कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रश्मी आचार्यको घरदैलो कार्यक्रममा प्यासी उम्मेदवारसंग संगसंगै हिँडिहनु भएको छ । उमेरले ढल्किँदै गएपनि उर्जा र प्रतिवद्धतामा कमी नआएको उनको उपस्थितिले अभियानलाई भावनात्मक उचाई दिएको छ ।
  २०४३ सालमा जनपक्षीय उम्मेदवारका रुपमा बाल्टी चिन्ह लिएर चुनाव जितेका प्यासीलाई अहिले पनि मतदाताले त्यो ऐतिहासिक क्षण सम्झाईदिन्छन् । पञ्चायती व्यवस्थाको कठोर  समयमा जनताको मतवाट विजयी बन्नुभएको उहाँले प्रजातन्त्र स्थापनापछि २०४८ सालको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. ४ बाट समेत विजयी हुनु भएको थियो ।
कोशी प्रदेशको प्रदेश प्रमुखको समेत भूमिका निर्वाह गर्नुभएका प्यासी घरदैलोका क्रममा मुस्कुराउँदै भन्नुहुन्छ, “प्रचारमा उमेरले छेक्दैन, विचार र विश्वास बलियो भए पुग्छ ।” उहाँको यही सक्रियता अहिलेका युवा कार्यकर्ताका लागि प्रेरणा बनेको छ ।
रश्मी आचार्यको अभियानमा प्यासीको उपस्थिति केवल समर्थन मात्र होइन, एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण भईरहेको राजनीतिक निरन्तरताको संकेत पनि हो । पाँच छ दशक लामो राजनीतिक यात्राले उनलाई मतदातावीच विश्वासको प्रतिक बनाएको छ ।
घरघरमा पुग्दा मतदाताले उहाँलाई पुराना संघर्षका दिन सम्झाउँछन् भने युवा पुस्ताले जीवित इतिहासका रुपमा हेर्ने गरेका छन् । कतिपय कार्यकर्ता मात्र होईन मतदाता समेत उहाँसंग फोटो र भिडियो बनाउन मोवाईल निकाल्ने गरेका छन् ।
यस पटकको निर्वानमा एमाले उम्मेदवार रश्मी आचार्यको पक्षमा मत माग्दै हिंडिरहेका प्यासीको सन्देश स्पष्ट छ राजनीति केवल पदका लागि मात्र होइन, रिन्तर प्रतिवद्धताका लागि हो । कास्की २ को चुनावी माहोलमा उहाँको उपस्थिति एउटा सशक्त सन्देश वनिरहेको छ उमेर होइन, उत्साह र आस्थाले नै अभियानलाई चलायमान बनाउँछ ।
Comments
Loading...