हिमाली आवाज । मनकामना मन्दिर दर्शन गरेर फर्किरहेको एक माइक्रोबस दुर्घटनामा पर्दा ६ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश–००६ ख ८४३० नम्बरको इभिमाइक्रो गोरखा–मनकामना–रामशाहाघाट सडकखण्ड अन्तर्गत शहीद लखन गाउँपालिका–३, कन्टारमा शनिवार बेलुका करिब ८ः१५ बजे दुर्घटनामा परेको हो।
प्राप्त प्रारम्भिक जानकारी अनुसार माइक्रोमा १४ जना सवार रहेका थिए। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालतर्फ पठाइएको बताइएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने मृतक र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ।

