एमाले कास्कीका इन्चार्ज एवं पूर्व मेयर थापाको अन्त्येष्टि, भोली महानगरमा सार्वजनिक विदा

हिमाली आवाज । नेकपा(एमाले)का केन्द्रीय सदस्य समेत रहनुभएका कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको आज सम्मानका साथ अन्येष्टि गरिएको छ ।

पोखरा महानगरका पूर्व मेयर समेत रहनुभएका थापाको आज सम्मानका साथ अन्त्येष्टि गरिएको हो । थापा निवास बाटुलेचौरबाट शवयात्रासहित लामाचौरहुँदै गोस्तेघाटमा अन्त्येष्टि गरिएको हो ।

अन्येष्टि अघि थापाको पार्थिव शरिर अन्तिम विदाईका लागि नेकपा एमाले कास्कीको पार्टी कार्यालय, पोखरा महानगरपालिका कार्यालय र थापा निवास बाटुलेचौरमा राखिएको थियो । श्रद्दाञ्जली अर्पण गर्नका लागि एमाले पार्टी कार्यालयमा ७ः३० बजेदेखि १० बजेसम्म राखिएको थियो । जहाँ एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, सचिव खगराज अधिकारी, सचिव पद्मा अर्याल, पोलिट्ब्यूरो सदस्य जगतबहादुर विश्वकर्मालगायतले श्रद्दाञ्जली अर्पण गर्नुभयो ।

यसैगरी पोखरा महानगरपालिका कार्यालयमा १० बजेदेखि १०ः४५ बजेसम्म राखिएको थियो । जहाँ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो ।

थापाको विहीबार हृदयघात भएर निधन भएको थियो । पार्टी कार्यालय कास्कीमा प्रतिनिधि सभा सदस्यको निर्वाचन–२०८२ को समीक्षा बैठकमा बोलेर बसेलगत्तै हृदयघात भएको थियो । तत्कालै मनिपाल शिक्षण अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पोखरा महानगरका पूर्व प्रमुख थापाको निधनमा महानगरले आइतबार महानगर कार्यालय तथा मातहतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा शोक बिदा दिएको छ ।

Comments
Loading...