सिटीवान टेलिभिजनको शुभकामना आदान–प्रदान तथा क्यालेन्डर विमोचन

हिमाली आवाज । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइ बहुमतको नयाँ सरकारलाई धेरै अवसर रहेको बताउनुभएको छ ।

बुधबार सिटीवान टेलिभिजनको आयोजनामा भएको नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले दबाबमुक्त भएर काम गर्न सके जनतामा आशाको सञ्चार गराउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

विगतका सरकारलाई जस्तो दबाब समुहको प्रभाव वर्तमान सरकारलाई नभएको भन्दै सरकारले गर्ने निर्णय र क्षमतामा आगामी यात्रा तयार हुने तर्क उहाँको छ ।
लमजुङको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले सिटी वान टेलिभिजनले स्थापनाको छोटो समयमा गरेको काम लोकप्रियता गौरव गर्न लायक रहेको उल्लेख गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सूर्य बहादुर भुजेलले नयाँ सरकारले केही आशाको सञ्चार गराएको उल्लेख गर्नुभयो । राम्रोको लागि सकारात्मक सोच लिएर अगाडि बढ्नु पर्ने भन्दै उहाँले नयाँ सरकारले केही कुरामा आमूल परिवर्तन गर्न लागेकेले यसमा पुराना दलले पनि साथ दिनुपर्नेमा उहाँको जोड थियो । गण्डकी प्रदेशको विकासको लागि सबैसँग हातेमालो गर्नको लागि उद्योगी व्यवसायी एक हुनुपर्ने बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघकाका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले टेलिभिजनले समयमै क्यालेन्डर विमोचन गरेर सुखद संकेत गरेको भन्दै अन्य कार्य पनि समयमा पूरा हुन सकुन् भन्ने शुभकामना दिनुभयो । अहिले बनेको दुई तिहाइको सरकारले ल्याएका एक सय बुदै कार्यसुची सकारातमक रहेको भन्दै कार्यान्वयनमा जोड दिनुभयो ।
पोखरा च्याम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले नयाँ सरकार निर्माण पत्श्चात निजी क्षेत्र उत्साहित रहेको भन्दै विगतमा कमीकमजोरीमा सुधार हुनुपर्ने बताउनुभयो ।
पोखरा भ्रमण वर्ष २०२५र२०२६ कार्य सम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराईले पर्यटन क्षेत्रको प्रमोसन र मार्केटिङमा टेलिभिजनले खेलेको भूमिकाको चर्चा गर्दै उहाँले सरकारले केही गर्ने आशा देखाएकोले आउने दिन सुखमय बन्ने विश्वास व्यक्त गर्नुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघ उपाध्यक्ष विक्रम कर्माचार्यले यतिबेला डलरको दरमा भएको वृद्धि र इन्धनको अभाव लगायतको कारण व्यवसाय क्षेत्रमा असर परेको बताउनुभयो ।
टेलिभिजनका उपाध्यक्ष राजेन्द्र ओझाले क्यालेन्डर प्रकाशनमा सघाउने सबैप्रति आभार व्यक्त गर्नुभयो । टेलिभिजनले गण्डकी प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएर यहाँका आवाजविहीनहरूको आवाजलाई बुलन्द पार्ने कोसिस गरिरहेको बताउनभुयो ।
टेलिभिजनका बोर्ड अफ डाइरेक्टर सुदिप प्रधानाङ्गले विभिन्न वाधा व्यवधानका बाबजुत सबैको साथका कारण टेलिभिजन अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले गर्नुभयो । टेलिभिजनको पहुँच गण्डकी प्रदेशका सबै कार्यलयहरु र विज्ञापन दाताहरु समक्ष पु¥याउन क्यालेन्डर विमोचन गरिएको प्रबन्ध निर्देशक श्रेष्ठले बताउनुभयो । कार्यक्रममा पोखराका उद्योगि, व्यवसायी, शैक्षिक व्यक्तित्व, सञ्चारकर्मी टेलिभिजन सेयर सदस्य, शुभचिन्तक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । स्टार नेपाल मिडिया हब प्रा।लि।द्वारा सञ्चालित सिटीवान टेलिभिजनले विसं २०७८ मंसिर २१ गतेदेखि नियमित प्रसारण सुरु भएको थियो । टेलिभिजनले हरेक वर्ष क्यालेन्डर प्रकाशन गर्दै आएको छ ।

Comments
Loading...