फेवातालको किनारमा मापदण्ड विपरितका संरचनामा चल्यो डोजर

हिमाली आवाज । पोखराको फेवातालको किनारमा बनेका मापद्दण्डविपरित बनेका अस्थायी संरचना हटाउन सुरु गरिएको छ । फेवाताल सीमाभित्र निर्मित ३२ अवैध संरचना आज पोखरा महानगरले भत्काएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले तालको क्षेत्रफलभित्रका अवैध संरचनामा डोजर चलाइएको हो ।

संरचना भत्काइएको क्षेत्रका स्थानीयले भनेसूचनाबिना डोजर चलाइएको भन्दै लेकसाइडको खहरेदेखि खपौदीसम्म सडक अवरुद्ध गरेका छन् । विना सूचना महानगरले डोजर चलाएर संरचना भत्काएको र नागरिकलाई आतंकित पारेको स्थानीयको भनाई छ । महानगर प्रहरी प्रमुख रुषोत्तम थापाले भने पहिलो चरणमा पोल गाडिएको क्षेत्रभित्रका मात्रै संरचना भत्काइएको बताउनुभयो ।

सर्वोच्च अदालतको ४ असार २०८० को फैसलाले तालको पानीको उच्चतम सतहका आधारमा सीमांकन गरी सीमाबाट ६५ मिटरका भित्र रहेका संरचनासमेत भत्काउन परमादेश जारी गरेको थियो ।
वाटर फ्रन्ट रिसोर्टले अतिक्रमण गरेको संरचना भत्काउने फैसला सर्वोच्चले गरेको थियो ।अहिले महानगरले सेदीस्थित वाटरफ्रन्ट रिसोर्टदेखि खपौदीसम्मसीमाभित्रका संरचना मात्रै हटाएको हो । केही दिनअघि प्रधानमन्त्री वालेन्द्र शाहले आचार्यलाई फोन गरेर फैसला कार्यान्वयनको प्रतिवेदन पेस गर्न आग्रह गर्नुभएको थियो ।
महानगरले पनि प्रतिवेदन पेस गरेको थियो । लगत्तै सरकारले अवैध संरचना भत्काउनु भनी निर्देशन दिएको थियो । सरकारले शासकीय सुधारका लागि तय गरिएका सय कार्यसूचीमा फेवाताल संरक्षणको विषय पनि उल्लेख छ ।

Comments
Loading...