ओली र लेखकलाई थपिएको म्यादभित्रै अनुसन्धान गरि थुनामुक्त गर्न सर्वोच्चको आदेश

हिमाली आवाज । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै परमादेश जारी गरेको छ ।
न्यायाधीशहरू विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई तेस्रो पटक म्याद थपेको समय सीमाभित्र उहाँहरूको अनुसन्धान सम्पन्न गर्न र नसकिए मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ बमोजिम थुनामुक्त गरेर अनुसन्धान गर्न परमादेश जारी गरेको हो ।
उहाँहरूलाई अदालतले तेस्रो पटक म्याद थप गरेको समयभित्र अनुसन्धान सकाउन नसकिए बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको छ,” सर्वोच्च प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । सो रिटका सन्दर्भमा भने प्रतिवादीहरूलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने जनाइएको छ ।

Comments
Loading...