गण्डकी प्रदेश निर्माण व्यवसायी संघमा नयाँ नेतृत्व, अध्यक्षमा टंकराज बराल निर्वाचित

हिमाली आवाज । गण्डकी प्रदेश निर्माण व्यवसायी संघ पोखराको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले संघको नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको छ ।

पोखरामा यही चैत २७ र २८ गते भएको अधिवेशनले पुनः टंकराज बरालको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बराल यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो ।

संघको निर्वतमान अध्यक्षमा ओमप्रसाद गौचन, उपाध्यक्षहरुमा बाबुराम श्रेष्ठ, उपाध्यक्ष रत्नकुमार श्रेष्ठ र  गोपाल भट्टचन निर्वाचित हुनुभयो ।

यसैगरी महासचिवमा कृष्ण प्रसाद लम्साल, सचिवमा दामोदर घिमिरे र कोषराज कार्की, कोषाध्यक्षमा दीपेन्द्र राज आचार्य र सहकोषाध्यक्षमा रोशन केसी चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा भीमबहादुर राना, सूर्यनारायण बराल, बलबहादुर राना, कृष्ण प्रसाद पोखरेल,विनोद भण्डारी, सुरेश खवास, दलबहादुर श्रीस राना, नरबहादुर गुरुङ, विरेन्द्र श्रेष्ठ, अपना खनाल र बन्दना कार्की रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष बरालले निर्माण व्यवसाय अहिले मुल्यवृद्धिको कारण समस्या परेकाले व्यवसायीले काम गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । व्यावसायिक हकहितका का लागि सबैपक्षसँग हातमा हात मिलाएर आफू नेतृत्वको कार्यसमिति अघि बढ्ने अध्यक्ष बरालले हिमाली आवाजसँग बताउनुभयो ।

यसैगरी संघको आजनै बसेको नवनिर्वाचत कार्यसमितिको पहिलो बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ । बैठकले कास्कीका रविचन्द्र बराल र विमल प्रसाद अर्याललाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

यसैगरी आमन्त्रित सदस्यहरुमा विष्णु ढुँगाना, मीनप्रसाद पौडेल, हेमन्त पाण्डे, सञ्जय कवर र प्रकाश तिमिल्सिना चयन हुनुभयो ।

Comments
Loading...