हिमाली आवाज । हिमाल पारिकाे जिल्ला मुस्ताङको थासाङ गाउँपालिका -१ काे टुकुचे गाउँ र जापानको नाम्ताे सिटीकाे ताेगाका बिचमा मितेरी सम्बन्धकाे साँस्कृतिक मिलन उत्सव आजदेखी सुरू भएकाे छ।
टुकुचेमा एक भव्य कार्यक्रमका बिच सूरू कार्यक्रम दुई दिनसम्म चल्ने छ। टुकुचे गाउँ सुधार समितिले कार्यक्रम समन्वय गरेकाे हाे।कार्यक्रममा सहभागी हुनका लागि जापानको ताेयामाका प्रेप्रेक्चर सभामुख सिनिचि ताकेदा, नाम्ताे सिटीका मेयर मिकियाे तानाका सहितको १८ सदस्यीय टाेली टुुकुचे आएकाे छ। टुकुचे र ताेगाका बिचमा ३५ वर्षअघि मितेरी सम्बन्ध गाँसिएको थियाे। त्यसपछि डेढ दशकसम्म दुई पक्षाबिचमा सहयाेग आदानप्रदान लगायतका सहकार्य र भ्रमण भएपनि त्यसपछि लामाे समय सहकार्य हुन सकेको थिएन । लामाे प्रयासपछि पुनः सम्बन्ध स्थापित भएका उपलक्ष्यमा सांस्कृतिक उत्सव मनाईकाे स्थानिय समाजजेवी पवन तुलाचनले बताउनुभयो । “
धेरै मेहनतपछि सम्बन्ध नविकरण भएकाे छ। बिचमा विभिन्न कारणले सम्पर्क टुटेकाे थियाे। अब दुई गाउँ बिचकाे प्रगाढ सम्बन्धले समग्र देशकाे समृद्धिमा सघाउ पुग्नेछ । ” तुलाचनले भन्नुभयाे।

मितेरी सम्बन्ध पछि टुकुचेका ७५ भन्दा बढि युवाले जापानमा गएर सीप सिक्ने माेैका पाएकाे वडाध्यक्ष सुरेश थकालीले बताउनुभयाे। यसका साथै टुकुचेकाे कृषि विकास र पूर्वाधार विकासमा समेत सहयोग पुगेकाे उहाँकाे भनाइ छ। राेकिएकाे सहकार्य पुन: अघि बढ्ने वडाध्यक्ष थकालीले बताउनु।
नाम्ताेका मेयर मिकियाे तानाकाले अवका दिनमा सम्बन्ध अझ विस्तार हुने र दुईपक्षका विच सहयोग आदानप्रदान गरिने बताउनु।
कार्यक्रममा सहभागी हुन आएका पाहुनालाई बाजागाजा सहित भव्य स्वागत गरिएको थियाे। कार्यक्रम स्थानिय माैलिक नृत्य प्रस्तुत गरियो भने अन्तरक्रिया गरिएको थियाे। कार्यक्रममा मितेरी सम्बन्ध स्थापना गर्नुहुने समाजसेवी अर्जुन सिँह तुलाचन र नाम्ताेका मेयर मिकियाेलाइ सम्मान गरिएको थियाे। त्यसैगरी कार्यक्रम समाजसेवी पवन तुलाचन र वडाध्यक्षलाई समेत धाैलागिरि महिला बहुउद्देश्यीय सहकारी संस्थाबाट सम्मान सम्मान गरिएको हाे। जापानी पाहुना टाेलीलाई मुस्ताङको सिमा घासामा गाउँपालिका अध्यक्ष प्रदीप गाैचन लगायतले स्वागत गर्नुभयाे। उत्सव अन्तरगत दाेस्राे दिन साँस्कृतिक कार्यक्रम,खेलकुद कार्यक्रम र गाउँ भिजिट रहेकाे छ।
