हिमाली आवाज । पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामि शैक्षिक सत्रदेखि होटल व्यवस्थापन समूह (एचएम्) तर्फको पढाइ सुरु गर्ने भएको छ। त्यसका लागि विद्यालयले तयारी अन्तिम चरणमा पु¥याएको छ ।ज
सका लागि सुरुमा कक्षा ११ तर्फ ४० जना विद्यार्थी भर्ना गरिने प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले जानकारी दिनुभयो । पोखरा पर्यटकीय शहर हो, यहाँ वर्षिनी लाखौं पर्यटक घुम्नका लागि आउनुहुन्छ, यहाँको भौगोलिक सुन्दरताले पनि पर्यटकको मन लोभ्याएकै छ, वि.एच.एम्लाई पनि मध्येनजर गरी कक्षा ११, १२ तर्फ यस वर्षदेखि पठनपाठन सुरु गर्दैछौं प्रधानाध्यापक भुषालले भन्नुभयो।

एचएम्मा विद्यार्थीको आकर्षण राम्रो छ, एचएम् उत्तीर्ण विद्यार्थी खाली बस्नु पनि पदैन उहाँले भन्नुभयो ।हामीले होटल व्यवस्थापनको महत्व बुझेर तथा विद्यार्थी र अभिभावकको माग अनुसार नै पठनपाठन सुरु गर्न लागेका छौं प्रधानाध्यापक भुषालले स्पष्ट पार्नुभयो। यसका साथै छोरेपाटन विद्यालयमा बालविकासदेखि कक्षा १० सम्म र कक्षा ११, १२ तर्फ विज्ञान, शिक्षा, व्यवस्थापन र सामाजिक समूहको पठनपाठन हुँदै आएको छ। चालु शैक्षिक सत्रतर्फ त्यहाँ सबै कक्षा र समूहमा गरी कुल २ हजार ३ सय बढी विद्यार्थी अध्ययन गर्दछन्।
विद्यालयले अनुभवि शिक्षकबाट गुणस्तरीय, सर्वसुलभ शिक्षा दिने उद्घोष पनि गरेको छ ।हामी प्रविधिमैत्री पनि छौं, हप्तैपिच्छे अतिरिक्त एवम् सहक्रियाकलाप पनि हुँदै आएका छन्।त्यसको दर आगामी दिनमा अझै बृद्धि हुने सहायक प्रधानाध्यापक खेमराज बरालले बताउनुभयो।
त्यहाँ एचएम् पढाइ संचालनसँगै त्यस क्षेत्र अन्तर्गत पर्ने छोरेपाटन, विरौटा, पुम्दीभुम्दी, कृस्ती, निर्मलपोखरी लगायतका स्थानबाट होटल व्यवस्थापन अध्ययनका लागि विद्यार्थी बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने अर्का सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले विश्वास व्यक्त गर्नुभयो। छोरेपाटन माध्यमिक विद्यालय पोखरा क्षेत्रमै धेरै विद्यार्थी अध्यापन गराउने नमूना शैक्षिक संस्था अन्तर्गत पर्दछ ।
