चर्को भाडाले बजारबाट विस्थापित हुने अवस्था आएको हङकङ बजारका व्यपारीको गुनासो

हिमाली आवाज  । पोखराको हङकङ बजारका व्यापारीले बजारको भाडा वृद्धि नगर्न माग गरेका छन् ।

पोखरा हङकङ बजार व्यवस्थापन समितिले आज पोखरामा पत्रकार सम्मेलन गरी पोखरा उपत्यका नगर विकास समितिले व्यवसायीको अवस्था मुल्याङकन नगरिकन अधिकतम र महत्तकाँक्षी दररेटमा बजार भाडामा दिन बोलपत्र आह्वान गरेकाले यसबाट व्यवसायी मर्कामा पर्ने निश्चित भएको बजार व्यवस्थापनले जनाएको छ ।

यो पोखरा हङकङ बजार पोखरा उपत्यका नगर विकास समितिको ३ रोपनीसहित कुल १० रोपनी जग्गामा सञ्चालित बजार हो । यो बजार सस्तो बजारका रुपमा परिचित छ । सटर भाडा सस्तो भएकाले उपभोक्ताले पनि सामान सस्तो पाउने गरेका छन् । भाडादर २०६९ सालमा स्थापित यो बजारमा ४ सय व्यवसायी रहेका छन् ।
केहि वर्ष अघिसम्म यो बजार वार्षिक ३ लाखमा भाडामा लाग्दै आएको थियो भने पछिल्लो पटक ११ लाख ७१ ह्जार १ सय ५ रुपैयाँ कायम थियो । तर यस वर्ष भने ५ वर्षका लागि १ करोड ६२ लाखमा टेण्डर पारेर सम्झौता भएपछि व्यवसायी भाडा बढ्ने त्रासमा रहेको समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनुभयो ।
ठेकेदार कम्पनीले नै बढी भाडा तिरेर लिएकाले व्यवसायीलाई सटर भाडामा १० गुणासम्म सटर भाडा बढाउनेहुँदा आफूहरु बिस्थापनको जोखिममा उहाँले बताउनुभयो ।
समितिका सचिव दिनेश आचार्यले बढेको भाडा बृद्धि लागु भए ३० देखि ४० प्रतिशत व्यवसायी बिस्थापित हुने बताउनुभयो । उहाँले अहिलेपनि केही सटरहरु बन्द भएको बताउँदै चर्को भाडामा कोही पनि व्यापार गर्न तयार नहुने बताउनुभयो ।

Comments
Loading...