हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १४ मा मझेरीपाटनमा अवस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले आफ्नो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य बलावती शर्माले वार्षिकोत्सव समारोह उद्घाटन गर्नुभयो । वार्षिकोत्सव अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले सहिद विद्यालयका विद्धार्थीहरु शैक्षिक सहित अन्य सामाजिक र खेलकुद क्षेत्रमा समेत अग्रस्थानमा रहेको बताउनुभयो । उहाँले विद्यालयको विकासमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विद्यालय व्ययवस्थापन समितिका अध्यक्ष हरिराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमम भएको हो । विद्यालयका प्रधानाध्यापक कल्पना चिलुवालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान सहित विद्यार्थीहरूको समग्र विकासका लागि शैक्षिक, सांस्कृतिक र खेलकुदका विभिन्न अवसरहरू प्रदान गर्ने गरिएको बताउनुभयो । उहाँले विद्यालयका शिक्षक र शिक्षिकाहरूले विद्यार्थीहरूको व्यक्तिगत र बौद्धिक विकासमा ध्यान दिँदै उनीहरुलाई जीवनका विभिन्न क्षेत्रहरूमा सफल बनाउन मद्दत गर्ने गरी अध्यापन गर्ने गरिएको बताउनुभयो ।