हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ स्थित सार्दिखोला –पोखरा सम्पर्क समितिमा नयाँ नेतृत्व आएको छ ।
समितिका हालै सम्पन्न १६ औँ साधारणसभा तथा पाँचौ अधिवेशनले बमबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा लोकनाथ आचार्य, द्धितीय उपाध्यक्षमा कमला गुरुङ, सचिव अनिल गुरुङ, सहसचिव धनबहादुर गुरुङ(गमा) र कोषाध्यक्षमा भोजराज आचार्य रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा हिरा घले, आश कुमारी गुरुङ,सुशील कुमार गुरुङ,दुर्गा लक्ष्मी गुरुङ ,बुद्धि शोभा गुरुङ ,इन्द्र काजि गुरुङ,सुवेदार शेरबहादुर गुरुङ,क्या र्हक बहादुर गुरुङ र लिल बहादुर क्षेत्री रहनुभएको छ ।
सार्दिखोला –पोखरा सम्पर्क समिति साविक सार्दिखोलाबाट पोखरामा स्थायी र अस्थायी रुपमा बसोबास गर्दै आएकाहरुको संस्था हो । संस्थाले वर्षेनी विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।