पोखरामा ६ जीआरले मनायो स्थापना दिवस(भिडियो सहित)

हिमाली आवाज ।  ब्रिटिश गोरखा सेनाको ऐतिहासिक र प्रतिष्ठित रेजिमेन्ट सिक्स गोरखा राइफल (६ जीआर) का भूपू सैनिकहरूले पोखरामा भव्य रूपमा स्थापना दिवस मनाएका छन् ।

६ जिआर रेजिमेन्टल एशोसिएसन नेपालको आयोजनामा सन् १८१७ मा स्थापना भएको ६ जिआरको स्थापनाको २०९ औँ जन्म दिन पोखराको व्रिटिस क्याम्पमा मनाइएको हो ।

गोरखा संग्रहालय अगाडि रहेको सिक्स जिआरको स्मारक अगाडि मौन धारण गरी कार्यक्रम सुरु भएको थियो । व्रिटिस क्याम्पको हलमा केक काट्ने तथा आपसमा शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका भूपू गोरखा सैनिक, उनका परिवारहरुले ६ जीआरसँग सम्बन्धित पुराना सम्झना आदानप्रदान गर्नुका साथै गोरखा सैनिकहरूको योगदानको चर्चा गरिएको थियो।

कार्यक्रममा ६ जिआर रेजिमेन्टल एशोसिएसनका अध्यक्ष पूर्णबहादुर गुरुङले गोरखा राइफलले विश्वभर गोरखालीको बहादुरी, इमान्दारिता र अनुशासनको पहिचान स्थापित गरेको बताउनुभयो ।

उहाँले २०९ वर्षको इतिहास सबैलाई बुझाउन तथा इतिहासको निरन्तरताका लागि कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा कर्णेल जेपी क्रस, विश्व किर्तिमानी हरिबुढामगर र व्रिटिस क्याम्पका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो । साेही कार्यक्रममा एशाेसिएसनकाे साधारणसभा तथा गरिएकाे थियाे ।

 

 

Comments
Loading...