हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको सभापतिमा योगेन्द्र बहादुर केसी चयन हुनुभएको छ । शनिबार साँझ सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
महानगर समितिको उपसभापतिमा संगीता तिमिल्सिना गौतम चयन हुनुभयो । यसैगरी सचिवमा कमल बानियाँ र सहसचिवमा सरिता शर्मा र कोषाध्यक्षमा विष्णुहरी तिमिल्सिना चयन हुनुभएको छ । यस अगाडि अधिवेशनको रास्वपा नेता एवं पर्यटन मन्त्री गणेश पौडेलले गर्नुभएको थियो ।
