हिमाली आवाज । करुणानिधि एजुकेशन फाउण्डेसनमा कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा १२ का विद्यार्थी विश्वास विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उत्तम प्रसाद पौडेल तथा विशिष्ट अतिथिका रूपमा एलिना चौहानको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद पौडेलले विद्यालयको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विद्यार्थी जीवनलाई भविष्य निर्माणको महत्वपूर्ण आधारका रूपमा चित्रण गर्नुभयो । उहाँले शिक्षा, अनुशासन र सकारात्मक सोच नै सफलताको मुख्य आधार भएको धारणा व्यक्त गर्नुभयो ।
फाउण्डेसनका पूर्वविद्यार्थीसमेत रहनुभएका सांसद पौडेललाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले दोसल्ला ओढाई सम्मान गर्नुभयो भने विद्यालयका प्रधानाध्यापक डिल्लीराम अधिकारीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई टीका तथा खादा लगाई सम्मानपूर्वक स्वागत गरिएको थियो। विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी समारोहलाई थप आकर्षक बनाएका थिए। सो अवसरमा कक्षा १२ का विद्यार्थी निर्मल परियारले गायन प्रस्तुत गरेका थिए।
प्रधानाध्यापक डिल्लीराम अधिकारी तथा शिक्षक अभिभावक संघका अध्यक्ष वसन्त बास्तोलाले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार तथा लक्ष्यप्रति समर्पित भई अध्ययन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई विशेष सम्मानसमेत गरिएको थियो। एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल समृद्धि जैसी चापागाईं र सभ्यता अधिकारीलाई विशेष सम्मान गरिएको थियो। साथै बीबीए कार्यक्रममा नाम निकाल्न सफल विद्यार्थीहरूलाई पनि बधाई तथा सम्मान प्रदान गरिएको थियो।
स्वागत मन्तव्य शिष्टता आचार्यले प्रस्तुत गर्नुभयो भन सोनिक्षा क्षेत्रीले कविता वाचन गर्नुभयो । कक्षा ११ को तर्फबाट विज्ञान समूहकी छात्रा रुदिना अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक नवीन प्यासी सहित विद्यार्थीतर्फबाट प्रकृति ढकाल, प्रसन्न थापा, अञ्जना घिमिरे, अर्जुन सुवेदी, पुकार पौडेल र जस्मिना पौडेलले सहजीकरण गर्नुभएको विद्यालयका सहायक प्राचार्य भानुभक्त पोखरेलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
