हिमाली आवाज । होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको निधन भएको छ । जाउँ है पोखरा अभियानको क्रममा पाल्पा पुग्दा आइतबार मश्तिष्कघात भई उपचारको क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा आज बुधबार उहाँको निधन भएको हो ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आज शोक वक्तव्य जारी गरी दुःखद घडिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गनुभएको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदन व्यक्त गरिएको छ ।

Comments