‘पीसीएम कप’ राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन

हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा आज सम्पन्न भएको पहिलो संस्करणको ‘पीसीएम कप’ खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शास्वत बज्राचार्य र सुरेन्द्र विक च्याम्पियन बनेका छन् ।

गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा ‘ग्रासरुट’देखीनै टेनिस खेलाडी उत्पादन गर्ने उद्धेश्यले भएको प्रतियोगितामा १८ वर्षमूनिको ‘ब्वाइज सिंगल्स’ को फाइनलमा शास्वतले सन्दीप विकलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भए । उत्कृष्ट प्रदर्शन गरेका शास्वतले प्रतियोगिताभर आफ्नो प्रभावशाली खेललाई फाइनलसम्म निरन्तरता दिएका थिए ।

यसैगरी १६ वर्षमूनिको ‘ब्वाइज सिंगल्स’तर्फ सुरेन्द्र विक च्याम्पियन बने। फाइनलमा उनले आर्यषराज पौडेललाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफलल भएका हुन् ।
प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । यसैगरी १४ वर्षमूनिको ‘ब्वाइज सिंगल्स’को उपाधि भने आर्यषराज पौडेलले जितेका छन् । उनले फाइनलमा अभिषेक बयलकोटीलाई ६–१ र ७–५ को सेटमा पराजित गर्दै उपाधि पोल्टामा पार्न सफल भए ।
‘गल्र्सतर्फ’ निम्ती कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै दुई उपाधि आफ्नो नाममा लेखाइन्। उनले यु–१२ र यु–१० ‘गल्र्स सिंगल्स’दुवैतर्फ च्याम्पियन बन्न सफल भइन्। यसैगरी आठ वर्षमूनिको ‘गल्र्स सिंगल्स’मा वाणी राजभण्डारी प्रथम हुँदा निवेदी सुनार द्वितीय भइन्।

‘ब्वाइज’तर्फ यु–१२ ‘सिंगल्स’मा सहंश बस्नेत प्रथम भए। उनले इभान भट्टराईलाई पराजित गर्दै उपाधि जितेका हुन्। यु–९ ब्वाइज सिंगल्समा सर्वज्ञ जंग खत्री प्रथम तथा सोनम टी घले द्वितीय बने।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई मुख्य प्रायोजक पोखरा कलेज अफ म्यानेजमेन्टकी प्राचार्य लिना नेगी श्रेष्ठ, नेपाल टेनिस संघका पूर्वअध्यक्ष मनोज राणा, प्रतियोगिता संयोजक लोक गुरुङलगायतले आकर्षक गिफ्ट ह्याम्पर, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले सङ्घले आफ्नो स्थापनाको समय देखिनै ग्रासरुट टेनिसका लागि ‘खेल्छ गण्डकी’ कार्यक्रमका माध्यमबाट विपन्न वर्गका बालबालिकाबाट अभियान सुरू गर्दै आएको बताउँदै उनीहरुको क्षमता निर्खान प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।
गण्डकी प्रदेशमा जुनियर टेनिस खेलाडीको प्रतिभा पहिचान र विकासमा प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको गण्डकी प्रदेश टेनिस सङ्घका महासचिव नवीन श्रेष्ठले बताउनुभयो ।
पोखरा रङ्गशालाभित्रको टेनिस कम्प्लेक्समा यही भदौ ५ गतेदेखी सुरू भएको प्रतियोगितामा विभिन्न उमेर समुहसँगै ‘ओपन’तर्फका खेलमा ६० भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका थिए ।

Comments
Loading...