सुनगाभा बचत तथा ऋण सहकारीको निक्षेप सवा ७ करोड

हिमाली आवाज । सुनगाभा बचत ऋण सहकारी संस्था, पोखरा–१८, सेदी बगरको १७ औं साधारण सभा आइतबार सम्मपन्न भएको छ ।

संस्थाका अनुसार सहकारीले आ.व ८२÷८३मा ७ करोड २२ लाख  ७ हजार ८ सय ७८ रुपैया निक्षेप संकलन गर्ने सफल भएको छ । १ करोड १६ लाख १३ हजार ५ सय शेयर पुँजी रहेको सहकारीले ५ करोड १० लाख १३ हजार ५ सय रुपैया कर्जा लगानी गरेको छ ।

यस्तै, २५ लाख ३८ हजार ५ रुपैया कर्जा जोखिम कोषमा राखिएको छ । वार्षिक साधारणसभा अवसरमा संस्थाका अध्यक्ष राम बहादुर थापाले सहकारीको आव २०८२÷०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कुरा उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं–१८का वडा अध्यक्ष शिब प्रसाद तिमिल्सीनाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीले समाजमा उल्लेख्य योगदान गरेको बताए । केही सहकारीह्रुले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए । संस्थाले आफ्ना सदस्यहरुलाई गोष्ठि र सेमिनार मार्फत सहकारी शिक्षा दिन संचालकलाई आग्रह गरे । उनले सहकारीले वित्तीय अनुशासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यलाई आग्रह गरे ।

पोखरा महानगर पालिका वडा नं–१८का निबर्तमान वडा अध्यक्ष तथा सेयर सदस्य रण बहादुर थापाले सामाजिक क्षेत्रमा समेत संस्थाका सञ्चालकले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गरे । आगामी दिनमा समेत सहकारीले स्थानियहरु सगँ हातेमालो गर्दै सामाजिक विकास र निम्न आय स्रोत रहेका शेयर सदस्यहरुको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने धारणा राखे ।

संस्थाका सल्लाहकार तथा निबर्तमान अध्यक्ष कृष्ण बहादुर थापाले संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए । सहकारी संस्था र सेयर सदस्यको सम्बन्ध नङ र मासुको जस्तै गरि अगाडि बढेमा सहरकारीमा समस्या नआउने बताए ।

शेयर सदस्य तथा पत्रकार गणेश पहारीले विषम परिस्थितिमा पनि संस्थाले आफ्ना शेयर सदस्यहरु प्रति गरेको सहयोगको प्रशंसा गरे ।
ममता कृर्षि सामुदायिक सहकारी संस्था सराङकोटका अध्यक्ष तथा सराङकोट सहकारी समन्वय समितिका संयोजक मिन बहादुर थापाले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

सभाले अध्यक्ष राम बहादुर थापाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, सचिव कृष्ण बहादुर थापाले पेस गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष राजु थापाले आर्थिक प्रतिवेदन र ऋण लगानी तथा असुली उपसमिति संयोजक सुरेन्द्र थापाले प्रस्तुत गरेको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक निर्मल पहारीले प्रस्तुत गरेको प्रतिवेदन सभाले सुझावसहित पारित गरेको छ ।

सहकारी अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतब्य उपाक्ष्यक्ष पार्वति कोइराला राखिन ।
सो अवसरमा नियमित बचत, एच्छिक बचत,नारी बचत, धनजमानी,धितो जमानी र बाल बचत गर्ने सेयर सदस्यहरुलाइ सम्मान गरिएको थियो ।
उत्कृष्ट जेष्ठ सेयर सदस्य कारोबारदाता दल बहादुर क्षेत्री र कृष्ण कुमारी थापा लाई पनि सो अवसरमा सम्मान गरिएको सहकारीका सचिब कृष्ण थापा जानकारी दिए ।

Comments
Loading...