पोखरामा महिलाको बञ्चरोले हानेर हत्या, अभियुक्त आफ्नै श्रीमान् पक्राउ

हिमाली आवाज । खाना नबनाएको बिषयमा एक आपसमा झैझगडा हुँदा पोखरामा श्रीमान्ले श्रीमतिको बन्चरो प्रहारी गरी हत्या गरेका छन् ।
पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ स्थायी घर भई हाल पोखरा–३३ उपल्लो पुँडीबस्ने गम बहादुर पुनलाई प्रहरीले श्रीमतिको हत्या गरेको अभियोगमा शुक्रबार लामगादीबाट पक्राउ गरेको हो ।

शुक्रबार विहान घरमा गमबहादुरको श्रीमति हरिमाया पुन आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको सूचनाका आधारमा तत्काल ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाको नाकबाट प्रहरी अधिकृत समेतको टोली खटिई गई घटना स्थलको अनुसन्धान गरेको थियो ।
अनुसन्धानको क्रममा घटनामा मृतकको श्रीमान् संलग्न रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
अभियुक्तलाई कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता गरी कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...