एकीकृत समाजवादी बैदामको पार्टी कार्यालय उद्घाटन

हिमाली आवाज । नेपालीहरुको महानपर्व विजयादशमि, दिपावली, नेपाल सम्वत, छठ तथा इदको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजबादी ) पोखरा ६, बैदामले बुधबार शुभकामना तथा पार्टी कार्यालय शुभारभ्भ गरेको छ ।

काय्र्रक्रमका प्रमुख अतिथि पार्टी स्थायी कमिटीका सदस्य चुडामणि जंगलीले कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका बेला नेपालमा भ्रष्टाचार, गरिब र कालोबजारी बढेको बताउनुभयो । पार्टी राम्रोसँग सञ्चालन गर्ने नसक्ने कारणले नेपालमा नेपाल कम्पुनिष्ट पार्टी एकिकृतको समाजबादीको जन्म भएको उहाँको भनाई छ ।

कास्की जिल्ला कमिटी अध्यक्ष धनराज आर्चायले नेपालमा कम्युनिष्ट पार्टीका पूर्खाहरुले जुन उद्धेश्यले कम्युनिष्ट पार्टीको स्थापना गरेको थिए, तर नेपालमा स्थापना अनुरुप कम्युनिष्ट पार्टीहरुले काम गर्ने नसकेको बताउनुभयो ।

पोलिटब्युरो सदस्य तथा पूर्व जिल्ला उपसभापति श्रीनाथ बरालले केपी ओली नेतृत्वको दुई तिहाइको सरकार भष्ट्रचार, कालोबजारी र घुस खोरीमा लिप्त रहेको बताउदै एमालेलाई अब आउने चुनाबमा जनताले पत्तासाफ गरेर देखाउनेमा आफु ढुक्क रहेको बताउनुभयो ।
पोखरा महानगर पालिका वडा ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले स्थानीतह हुदै प्रदेश र केन्द्र सम्म पार्टी विच सहकार्य र सहमतिले मात्र राष्ट्रको विकास निर्माण सम्भब हुनेमा जोड दिनुभयो ।

प्रदेश कमिटी सदस्य ईश्वरी न्यौपानेले देश र जनताको मर्म भावना अनुरुप पार्टी संचालन गर्न नसक्ने ब्यक्ति कम्युनिष्ट नहुने बताउनुभयो ।
पोखरा महानगर पालिका वडा नं ६ का वडा कमिटी अध्यक्ष गिरीराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ६ का वडा इन्चार्ज केदार न्यौपाने,प्रदेश कमिटी सदस्य हेमकुमार श्रेष्ठ र जिल्ला कमिटी सचिबालय सदस्य तुलसी दाहाल लगाएका एमालेले संविधान विपरित काम गरेकाले जनताको नजरमा गिरेको बताउनुभएको थियो ।

Comments
Loading...