बुधबार दुई सय १० संक्रमित थपिए

काठमाडौँ,१४ साउन । नेपालमा बुधबार थप दुई १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले सो संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको परीक्षण भइसकेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको १९ हजार २ सय ७३ पुगेको छ।

यस्तै, बुधबार १ सय ४६ जना डिस्चार्ज भएका छन्। बुधबारसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २१ रहेको छ।

Comments
Loading...