बिहीबारको मौसम : दिउसो सामान्य बदली, राति भारी वर्षाको सम्भावना

पोखरा,१५ साउन । केही दिनयता देशभरको मौसम बदली भई पानी परिहरहेको छ । देशका कुनै प्रदेशमा भारी वर्षा हुँदा कतै सामान्य छ ।
मनसुनी वायुको प्रभावका कारण देशभर सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

बिहीबार मौसम पूर्वानुमान महाशाखा, मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानमा देशभर नै सामान्य बदली भइरहेको छ । यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पूर्वानुमान महाशाखाले जनाएको छ ।

टिप्पणिहरु
Loading...