लकडाउनमा समेत पशु उपचारमा कुनै कमी हुन दिएनौँ : महासचिव श्रेष्ठ

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ ले देशको सम्पूर्ण क्षेत्र प्रभावित बन्यो । कठिन अवस्थामा पशु स्वास्थ्य तथा उपचारको काममा यसले यसले प्रभाव नपार्ने कुरै भएन । तर कृषकलाई क्षति हुन नदिन तथा पशु धनको सुरक्षाका लागि पशु प्राविधिकहरु त्रासको समयमा  समेत कृषकको घर गोठमा पुग्न छाडेनन् ।

बन्दाबन्दीले मानिस घर बाहिर निस्कन डराएर भित्र सुरक्षित बसेको अवस्थामा समेत प्राविधिकहरुले जीउ ज्यानको प्रवाह नगरी आवश्यक सुरक्षाका उपायहरु अवलम्वन गरी किसानको हितमा काम गरे । कठिन र संकटपूर्ण अवस्थामा समेत पशु उपचारमा देशभरी कुनै कमी  नआउने गरी प्राविधिक साथीहरुले काम गर्नुभयो । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले सो कार्यको हार्दिक प्रशंसा गर्न चाहन्छ ।

विशेषगरी लकडाउनका अवधिमा नेल्टाका तर्फबाट देशव्यापी भएका गतिविधिहरु यसप्रकार छन् ।

१  निःशुल्क औषधी वितरणः

नेपाल पशुपन्छि औषधी ब्याबसायि संघ केन्द्रियसमितिले औषधी उपलब्ध गराइ नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ (नेल्टा)को प्राबिधिक सहयोग मा देवदह न.पा.भलुही रुपन्देहीमा रहेको कामधेनु गाइ फार्म का ३५० गाइ लाइ नाम्लेमाटे, लिभरटोनिक, मिनरल ,भिटामिन र किर्ना को औषधि उपलब्ध गराइ आजऔषधी खुवाउने र किर्नाको औषधि लगाउने काम सम्पन गरियो ।

२ हार्दिक अपिलः नोभेल कोरोना भाईरसको कारण विश्व भरि संक्रमण फैलि नेपालमा समेत संक्रमण देखा परे पछि नेपाल सरकारले देशभरि नै लक डाउन गरेको अवस्थामा सरकारको नोवेल कोरोना रोकथाम नियन्त्रण उपचार कोषमा यस संघको तर्फवाट एक लाख एक हजार १११ सहयोग सहित हार्दिक अपिल गरिएको ।

१) कास्कीः  पोखरा महानगरपालिका–११ रानीपौवा टोलमा किटनाशक औषधि छरेको । साथै गोरखावाट रुकुम जानलागेको १५ जना श्रमिहरुलाई कास्की पोखरामा खाने वस्ने व्यवस्था गरिएको ।

२) कैलालीः  कैलाली जिल्लाको विभिन्न पालिकाहरुमा  स्वास्थ्य सामाग्रिहरु स्वास्थ्यकर्मिहरुलाई वितरण गरिएको ।

३) दाङ्गः  लमही नगरपालिका वडा न ४  दाङ्गका श्रमिकहरुलाई २५ के जिको चामलको वोरा १७ जनालाई वितरण गरेको मिति २०७६ साल चैत्र २४ गते रु अनुमानित रु २५ हजार बराबरको  जिल्लाले दुःख पाएका परिवारहरुलाई खाधान्न वितरण गरिएको ।

४) वर्दियाः कोरोनाको कारणले गर्दा देश लकडाउनको अवस्थामा रहेको अवस्थामा जिल्लाको विभिन्न स्थानहरुमा स्वास्थ्य सामाग्रिहरु वितरण गरिएको साथै  सडकमा खटिएको प्रहरी स्वास्थ्यकर्मीहरुलाई मिनरल वाटर खाजाहरु वितरण गरिएको ।

५)् कन्चनपुरः कोरोनाको कारणले गर्दा देश लकडाउन भएको समयमा सूरक्षार्थ खटिने प्रहरी एवम वाटोमा हिडने श्रमिहरुलाई खाजा पानी स्वास्थ्य चौकिलाई स्वास्थ्य सामाग्रिहरु वितरण गरिएको ।

६) नवलपुरः  कोरोनाको कारणले गर्दा देश लकडाउन भएको समयमा  नवलपुरले  मिति २०७७ साल वैशाख १२ र १३ गते का दिन पशुपालक कृषकहरुलाई निःशुल्क औषधि वितरण गरियो ।

७) नवलपुरः  कोरोनाको कारणले गर्दा देश लकडाउन भएको समयमा  पशुपालक कृषकहरु औषधि नपाएर उपचार नपाएर समस्या भई रहेको अवस्थामा विसं २०७७ साल वैशाख २० गते मध्यविन्दु नगरपालिका वडा न ११ भारदह, नवलपुरमा  प्रशासन प्रहरी र स्थानिय तहहरुको स्वीकृति एवम समन्वयमा संचालित १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गरि २०० परिवारलाई निःशुल्क औषधि वितरण गरियो ।

नेल्टा केन्द्रीय कार्य समितिको बैठक भिडियो कलको माध्यमद्धारा वैशाख २१ गते विहान बसी समसामयिक विषयहरुमा छलफल गरि निष्कर्षमा पुगियो । साथै छलफलवाट निष्कर्ष निस्किएका ७ बुुँुदाहरुलाई सामाजिक संजाल मार्फत प्रकाशन गरी सबै सदस्यहरुलाई जानकारी गराईयो ।

 प्रेस विज्ञप्ती :

नेल्टा केन्द्रिय कार्य समितिले मिति २०७६ साल चैत्र २२ गतेका दिन लकडाउनको कारणवाट पशुपन्छी तथा मत्स्य पालक कृषकहरुले दाना चोकर घास पात खुवाउन नपाई समस्या परेको हुदा लकडाउन खुकुलो वनाई दिन हुन रु भेटेरीनरी सेवा लाई अतिआवश्यक सेवामा राख्नको लागि विज्ञप्ती मार्फत माग गरिएको ।

भेटेरीनरी सेवालाई अति आवश्यक सेवामा राख्न माग

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)केन्द्रिय कार्य समितिले वैशाख १७ गते पशु सेवा विभाग काठमाडौलाई पत्राचार गरी भेटेरीनरी सेवालाई अति आवश्यक सेवामा राख्न कानुनि पहल गरि दिन हुनको लागि अनुरोध गरिएको थियो ।

 प्रेस विज्ञप्ती

केन्द्रीय कार्य समितिको तर्फवाट प्रदेश नं ५ को सरकारले ३ जिल्लाहरु बर्दिया रुकुम र प्युठान जिल्लाहरुमा विज्ञ केन्द्र र ज्ञान केन्द्रको संयुक्त कार्यालय खोल्ने निर्णय सच्याई सवै जिल्लाहरुमा प्रयोगशाला सहितको भेट अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्नको वैशाख ३० गते प्रेस विज्ञप्तीमार्फत माग गरिएको ।

 मागपत्र पेश

दोश्रो राष्ट्रिय महाधिवेशनवाट पारित नीति तथा कार्यक्रमहरुको माग पत्रको रुपमा सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीलाई बुझाएको ।

विश्व दुग्ध दिवस २०२० मिति जेठ १९ गतेको लागि सम्पुर्ण पशु स्वास्थ्यकर्मी पशुपालक कृषक उद्यमीहरुर्ला शुभकामना सामाजिक संजाल मार्फत दिने काम गरियो ।

नेल्टाको पाँचौ स्थापना दिवश जेठ २६ गतेका अवसरमा केन्द्रीय समितिको तर्फवाट शुभकामना व्यक्त गरिएको तथा विभिन्न सञ्चार माध्यममा महासचिवको तर्फबाट लेख प्रकाशन गरिएको  ।

निःशुल्क औषधी वितरणः

जेठ १६ गते कावासोति नवलपुरमा विश्वमाता गौशालामा निःशुल्क औषधि वितरण कार्यक्रम संचालन गरि फार्म रहेका करिव १०० गोटा पशुहरुलाई नाम्ले जुका र मिनरल, क्याल्सियम, भिटामिनसहरु वितरण गरिएको थियो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराको संगठन संरचना हुने भएको छ । यस प्रदेशमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु ११ जिल्ला मध्येय ०७ जिल्ला भएको र कृषि ज्ञान केन्द्र ११ जिल्ला मध्यमा  ६ जिल्लाहरुमा रहेकोमा अब सवै ११ वटै जिल्लाहरुमा विज्ञ केन्द्र एवम ज्ञान केन्द्रहरु स्थापनाको लागि संगठन सरचना तयार हुदै गर्दा आश्यक सल्लाह र सुझाव दिइएको ।

जिल्ला कार्य समिति धादिङ्गको प्राविधिक सहयोगमा मिति असार २७ गते शनिवारका दिन १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर धादिङ्गमा संचालन भएको छ । उक्त कार्यक्रमको आयोजना विज्ञ केन्द्र धादिङ्गले गरेको थियो ।

त्यसैगरी २०७७ साल असार २५ गतेवाट देश भर परेको अविरल वर्षाको कारणले मानविय, पशुपंक्षि एवम धनजनको क्षति प्रति दुःख प्रकट गर्दै केन्द्रिय कार्य समितिका पदाधिकारीहरु, सदस्यहरु, जिल्ला एवम प्रदेश कार्य समितिका पदाधिकारी, सदस्य ज्युहरु स्थानीय तह पदाधिकारी सदस्य ज्युहरु एवम सम्पूर्ण नेल्टाका सदसस्यलाई जिम्मोरीपूर्वक कृयाशिल भई उद्धार कार्यमा सहयोगको लागि जुटन हुन एवम पशुपन्छीजन्य क्षतिको विवरण संकलन गर्न तथा घाईते पशुपन्छीहरुको उपचारमा क्रियाशिल भई लाग्न विशेष अनुरोध गरिएको थियो ।

सुरेश कुमार श्रेष्ठ

महासचिव

पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)

केन्द्रीय कार्यसमिति

Comments
Loading...