म्याग्दीमा थप ४ जनामा डेङ्गु संक्रमण पुष्टि

पोखरा,१३ साउन । हिमाली जिल्ला म्याग्दीमा आज थप चार जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि बेनी अस्पताल आएका मङ्गला गाउँपालिका –१ का ४१ वर्षीय पुरुष, धवलागिरि गाउँपालिका–६ ठेगाना भई हाल सिङ्गा बस्दै आएकी १९ वर्षीया युवती र बेनी नगरपालिका–४ का २५ वर्षीय पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए।

सङ्क्रमितमध्ये दुई जना आइतबार र बेनपा–४ का २५ वर्षीय पुरुष आज उपचारका लागि अस्पताल आएका थिए । सूचना अधिकारी सुवेदीका अनुसार सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, शरीर दुख्नेलगायत लक्षण देखापरेको थियो ।

Comments
Loading...