राष्ट्रकवि घिमिरे नयाँ सर्जकका प्रेरणाका स्रोत : अध्यक्ष प्रचण्ड

पोखरा,२ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ भएको असामयिक निधनको खबरले आफू अत्यन्त दुखित भएको बताएका छन् ।

कवि घिमिरेको निधनबाट नेपाली वाङमय क्षेत्रले एक अभिभावक मात्र नभइ विशिष्ट साधक पनि गुमाएको बताउँदै अध्यक्ष प्रचण्डले दुःखको यस घडीमा स्व घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले जीवनको उत्तरार्धमा पनि नेपाली साहित्यको सेवामा उत्तिकै सक्रिय कवि घिमिरे नयाँ सर्जकका प्रेरणाका स्रोत रहेको उल्लेख गरेका छन् ।

घिमिरेका कृतिहरुमा नेपाली मौलिकता, माटो र मातृभूमिको गन्ध पाइन्छ । देशभक्ति, प्रकृति, मानवता र प्रेमले भरिएका सिर्जनाले नेपाली कला÷साहित्यमा छुट्टै पहिचान रहेको प्रचण्डले बताएका छन् ।

Comments
Loading...